back
CTIZAN AD

स्टेन बाहिरिँदा दक्षिण अफ्रिकालाई झट्का

वि.सं.२०७६ जेठ २१ मंगलवार

696 

shares


२१ जेठ । इङ्ग्ल्याण्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता(ICC Cricket World Cup 2019)मा दक्षिण अफ्रिकालाई ठूलो झड्का लागेको छ ।

तीव्र गतिका बलर डेल स्टेन (Dale Steyn)   यस विश्वकपबाट बाहिरिए पछि दक्षिण अफ्रिकाका समर्थकहरु निराश बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिण अफिकाका सर्वाधिक सफल तीब्र गतिका बलर स्टेन प्रतियोगिताबाट बाहिरिनु दक्षिण अफ्रिकाको लागि घातक सावित बन्न सक्ने अनुमानका कारण समर्थकहरुमा निराशा छााएको हो । यसअघि नै घाइते रहेका स्टेन पुनः घाईते भएपछि विश्वकपबाट बाहिरिएका हुन् ।

स्टेनको स्थानमा क्रिकेट साउथ अफ्रिकाले देब्रे हातले खेल्ने तीब्र गतिका बलर बेयूरन हेन्डिक्सलाई टोलीमा सामेल गरेको जनाएको छ ।  उनले हालसम्म २ वान डे मात्र खेल्दै १ विकेट लिएका छन् । वान डे क्रिकेटमा गत जनवरीमा उनले पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए । सो खेलमा उनले १४ रनमा चार विकेट लिएका थिए ।

अफ्रिकाले तेस्रो खेल भोली भारतसँग खेल्ने छ । अफ्रिका पहिलो खेलमा इङ्ग्यान्डसँग १०४ रनले पराजित हुँदा दोस्रो खेलमा बंगालदेशसँग २१ रनले पराजित बनेको थियो । दुई हारबाट निराश बनेका प्रशंसकको नजरमा दक्षिण अफ्रिकाका तिब्र गतिका बलर अब्राहक डीविलियस र स्टेनको कमि महशुस भैरहेको छ । लगातार दुई प्रतियोगितामा हार व्यहोरेको दक्षिण अफ्रिकाका लागि स्टेन बाहिरिनु दुर्भाग्य बन्न सक्ने अनुमान गरिएको छ । तेस्रो खेलमा उसलाई जित्नै पर्ने दवाव पनि छ ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १८:२७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...