back
CTIZAN AD

१७ करोड बढी भुक्तानी नदिएसम्म मेलम्चीको काम ठप्प पार्ने चेतावनी

वि.सं.२०७६ जेठ २१ मंगलवार

633 

shares

२१ जेठ, काठमाण्डौं । मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ ।

समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदूरको रकम भुक्तानी नभई आयोजनास्थलमा जो कोही नयाँ ठेकेदार काम गर्न आए जस्तालाई त्यस्तै शैलीमा जवाफ दिने र जुनसुकै अप्रिय परिणाममा स्वयं व्यक्ति वा संस्था जिम्मेवार हुनेसमेत चेतावनी दिएको छ ।

इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम छाडेर गएपछि गत फागुनमा पनि आयोजनाका मजदूर, कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका थिए । आयोजनाका कर्मचारीले दुईदेखि सात महीनासम्मको काम गरेको तलब पाएका छैनन् भने स्थानीय आपूर्तिकर्ताले पनि झण्डै रु १७ करोड रकम नपाएको आयोजना पीडित स्थानीय सङ्घर्ष समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए ।

आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सिएमसीले आयोजनाको काममा लगाएका झण्डै ७०० स्थानीय मजदूरले कम्पनीसँग दुईदेखि आठ महीनासम्मको भुक्तानी लिन बाँकी छ । मजदूरले आफूहरुको पारिश्रमिक दिलाउने जिम्मा मेलम्ची आयोजनाको भएको बताएका छन् । आयोजनाले आफूहरुको पारिश्रमिक नदिई अर्को ठेकेदार छनोट गरी काम गरेमा आयोजना अघि बढ्न नदिने चेतावनी दिएका छन् ।

यस्तै आयोजनाको काममा निर्माण सामग्री निर्यात गर्ने आपूर्तिकर्ता पनि मारमा परेका छन् । ठेकेदार कम्पनीले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) लाई मात्र रु १६ करोड ५० लाख ३८ हजार ५०० भुक्तानी दिन बाँकी रहेको आपूर्तिकर्ताले बताएका छन् । बाह्र सप्लायर्स तथा भेण्डर्स कम्पनीले ठेकेदारसँग उक्त रकम भुक्तानी लिन बाँकी रहेको सङ्घर्ष समितिले जनाएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद्स्तरीय निर्णय गरी आयोजनाको बाँकी काम पूरा गर्न नयाँ बेलपत्र आह्वान गर्ने र स्थानीय तथा स्वदेशी निर्माण कम्पनी मात्र सहभागी हुन पाउने सूचनाका आधारमा यही जेठ १७ गते मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा भएको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले स्थानीय सप्लायर्स तथा भेण्डर्सहरुको बक्यौता रकम दिन नसकिने आशयको जवाफले गहिरो चोट पुगेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले भुक्तानी गर्नुपर्ने मजदूर, आपूर्तिकर्तालगायतको रकम मेलम्ची आयोजना वा सरकारले उपलब्ध गराउनुपर्ने पीडितको माग छ । आफूहरुले पाउनुपर्ने रकम उपलब्ध नगराए आयोजनाको ‘साइट’ मा कुनै पनि काम हुन नदिने चेतावनी दिएका छन् । चिनियाँ ठेकेदार कम्पनीले ठेक्का रद्द गरेपछि आएको सिएमसीले सुरुङको फिनिसिङ र हेडबक्र्सको काम बाँकी रहँदा गत पुस २ गते ठेक्का छाडेर हिँडेको थियो ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १८:२२ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...