back
CTIZAN AD

अष्ट्रेलिया लगायतका देशमा पुग्छ दृष्टिविहिन अमृतले बनाएको टिमुरको चट्नी

वि.सं.२०७६ जेठ २३ बिहीवार

1.1K 

shares

२३ चैत, कास्की । गरे के हुँदैन यो देशमा ! सवल अनि दुर्वल भनिने जसले पनि पौरख जाँगर गर्दा देशमै जे पनि फलाउन सकिन्छ अनि गर्न सकिन्छ । मेनहत मात्र नभएर आँट, साहस, सकारात्मक सोँचे अनि आफूजन्मेको धर्तिको माटोको माया पनि चाहिन्छ समाजमा अगाडि बढ्नका लागि ।

पोखराका ५० वर्षीय अमृत तुलाचन दृष्टिविहिन हुन् । तर, उनको सीप र मेहनताको चर्चा देशदेखि विदेश सम्म फैलिएको छ । उनकै भनाई सापटी लिने हो भने, ‘दुर्वल हुँदैमा कामगर्न नसकिने भन्ने होइन, हरेश नखाइ संघर्ष गर्नुपर्छ ।’

अमृतकै संघर्ष र मेहनतका कारण उनकी श्रीमती, दुई छोरा र एक छोरीसहितको सिंगो परिवार पनि पालिएको छ ।
अन्नपूर्ण गाउँपालिका ३ काँडेस्थित पोखरा–बाग्लुङ सडक छेउमा टिनको छाप्रोमा बसेर टिमुरको चट्नी बनाउछन् अमृत । उनी बिहानैदेखि टिमुर, नुन र खुर्सानी ओखलमा कुट्छन् । कुटेर धुला पारेपछि टिमुरको चट्नी बन्छ । उनले बनाएको त्यो चट्नी पोखरा आसपासका बजारमा मात्र नभएर विदेशसम्म पुग्छ ।

अमृत टिमुर कुट्छन् उनकी श्रीमती खरकुमारीले प्याकिङ गर्छिन् । ‘आँखा नदेख्ने भएर के भयो र ? उद्यममा सक्रिय बनेको छु,’ अमृत विकले भने, ‘दृष्टि नहुँदैमा काम गर्न नसकिने होइन, हरेश नखाई संघर्ष गर्नुपर्छ ।’

अमृतले पोखराबाट कच्चा पदार्थ खरिद गरे लैजान्छन् । समान लिनका लागि उनको परिवारले सघाएको छ । अमृतले दिनमा औसतमा ८ पोका (२ सय ग्राम) बनाउँछन् । एक पोकाको २ सय पर्छ । ‘दिनमा ३० पोका सम्म बनाएको छु,’ उनले भने, ‘बजारको समस्या छैन, घरबाटै बिक्रि हुन्छ ।’ चटनी नेपालीले कोसेलीका रुपमा हङकङ, अष्ट्रेलिया, बेलायत र सिंगापुर, जापान लगायतका देशमा लैजाने गरेको विहिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

पहिले छिमेकीकोमा मागेर टिमुरको धुलो कुट्ने गरेका अमृतको यस्तो मेहनत र संघर्ष देखेर प्रभावित भएको स्थानीय आमा समूहले उनका लागि ठूलो ओखल सहयोग गरेको छ ।

‘सधैं अरुको भाँडामा कति साध्य होला र ? भनेर अलि ठूलै ओखल दिएका हौं ।’ काँडे बराह महिला समूहकी पूर्वसचिव निमा गुरुङले भनिन् ।

अमृतको मेहनत र संघर्षका कारण उनीप्रति समाजको हेराई बललिएको पनि उनले बताइन् ।

वि.सं.२०७६ जेठ २३ बिहीवार ११:५३ मा प्रकाशित

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

प्रधानमन्त्री बालेनले थाले मधेशका नेताहरूसँग छलफल

ठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने...

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

मृतकका परिवार र नेपाल सरकारबीच ६ बुँदे सम्झौता

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको दुःखद...

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म...

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,...

आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते । नेपाली समाजमा खिर...

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित...