back
CTIZAN AD

पुरुष बराबरको ज्याला पाउँदा महिला खुशी

वि.सं.२०७६ जेठ २३ बिहीवार

654 

shares

२३ जेठ , खलङ्गा । पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् ।

यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युतको काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् ।

पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताइन् । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी झिलिमिली बत्ती बाल्ने सपनामा निर्माण कार्यलाई सक्रियतापूर्वक निरन्तरता दिइरहेका छन् ।

बत्ती बाल्ने सपना साकार पार्न तन मनका साथ काम गरिरहेको पातारासी– ४ कि चद्रशीला ऐडीले बताइन् । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने भ्रमलाई चुनौती दिँदै आफूहरुले पुरुषसरह काम गर्ने सामथ्र्य देखाएको स्थानीयवासी बिजु बोहोराले बताए ।

विसं २०७२ देखि शुरु भएको विद्युतको काम ९५ प्रतिशत सकिएको र ५ प्रतिशत मात्रै बाँकी रहेकाले जेठको अन्तिमतिर बत्ती बालिसक्ने विउरेनी उपभोक्ता समितिले जनाएको छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १५:५९ मा प्रकाशित

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...