back

पुरुष बराबरको ज्याला पाउँदा महिला खुशी

वि.सं.२०७६ जेठ २३ बिहीवार

444 

shares

२३ जेठ , खलङ्गा । पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् ।

यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युतको काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् ।

पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताइन् । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी झिलिमिली बत्ती बाल्ने सपनामा निर्माण कार्यलाई सक्रियतापूर्वक निरन्तरता दिइरहेका छन् ।

बत्ती बाल्ने सपना साकार पार्न तन मनका साथ काम गरिरहेको पातारासी– ४ कि चद्रशीला ऐडीले बताइन् । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने भ्रमलाई चुनौती दिँदै आफूहरुले पुरुषसरह काम गर्ने सामथ्र्य देखाएको स्थानीयवासी बिजु बोहोराले बताए ।

विसं २०७२ देखि शुरु भएको विद्युतको काम ९५ प्रतिशत सकिएको र ५ प्रतिशत मात्रै बाँकी रहेकाले जेठको अन्तिमतिर बत्ती बालिसक्ने विउरेनी उपभोक्ता समितिले जनाएको छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १५:५९ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...