back
CTIZAN AD

नेपाल चाईनिज ताईपेइसँग भिड्दै

वि.सं.२०७६ जेठ २३ बिहीवार

921 

shares

२३ जेठ, काठमाण्डौँ । नेपालको राष्ट्रिय फुटबल टिमले मैत्रीपुर्ण फुटबल खेलमा चाईनिज ताईपेइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समय अनुसार आज(बिहिबार) अपरान्ह ५ बजेबाट खेल सुरु हुने तालिका छ ।

विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपेइ पुगेको हो । गत आईतबार नेपालले मलेसियासँग मैत्रीपुर्ण फुटबल खेलेको थियो । सो खेल नेपालले २–० ले गुमाएको थियो । त्यसअघि कुवेतविरुद्ध एक बराबर र एक हार बेहोरेको थियो ।

राष्ट्रिय टिमको नेतृत्व सम्हाले लगत्तै प्रशिक्षक कालिन नेतृत्वको टिमले कुवेतमा खेल्न गएको थियो । कुवेतसँग पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने पराजय ब्यहोरेको थियो ।

फिफा वरियतामा चाईनिज ताईप नेपाल भन्दा माथि रहेकोे छ । फिफा वरियतामा ताईपे १ सय २५ औ स्थानमा छ । वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ । नेपाल आफू भन्दा ३६ स्थान माथि रहेको ताईपेसँग मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको हो ।

प्रशिक्षक कालिनले ताइपेइ विरुद्धको खेल कठिन हुने भएपनि बलियो टोलीको सामाना गर्न नेपाली टीमले राम्रो प्रदर्शन गर्ने बताएका थिए । बलियो टिम रहेका कारण नेपाली टिलले आत्मविश्वासका साथ कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिन्छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १६:०० मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...