
२३ जेठ, काठमाण्डौँ । नेपालको राष्ट्रिय फुटबल टिमले मैत्रीपुर्ण फुटबल खेलमा चाईनिज ताईपेइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समय अनुसार आज(बिहिबार) अपरान्ह ५ बजेबाट खेल सुरु हुने तालिका छ ।
विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपेइ पुगेको हो । गत आईतबार नेपालले मलेसियासँग मैत्रीपुर्ण फुटबल खेलेको थियो । सो खेल नेपालले २–० ले गुमाएको थियो । त्यसअघि कुवेतविरुद्ध एक बराबर र एक हार बेहोरेको थियो ।
राष्ट्रिय टिमको नेतृत्व सम्हाले लगत्तै प्रशिक्षक कालिन नेतृत्वको टिमले कुवेतमा खेल्न गएको थियो । कुवेतसँग पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने पराजय ब्यहोरेको थियो ।
फिफा वरियतामा चाईनिज ताईप नेपाल भन्दा माथि रहेकोे छ । फिफा वरियतामा ताईपे १ सय २५ औ स्थानमा छ । वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ । नेपाल आफू भन्दा ३६ स्थान माथि रहेको ताईपेसँग मैत्रीपूर्ण फुटबल खेल खेल्न लागेको हो ।
प्रशिक्षक कालिनले ताइपेइ विरुद्धको खेल कठिन हुने भएपनि बलियो टोलीको सामाना गर्न नेपाली टीमले राम्रो प्रदर्शन गर्ने बताएका थिए । बलियो टिम रहेका कारण नेपाली टिलले आत्मविश्वासका साथ कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिन्छ ।
वि.सं.२०७६ जेठ २३ बिहीवार १६:०० मा प्रकाशित