Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्माणाधीन भाटभटेनी कम्प्लेक्सको खाल्डोमा शव भेटियो



 

१ मंसिर भक्तपर । मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शङ्कास्पद अवस्थामा हिजो एक किशोरको शव भेटिएको छ ।

निर्माण भइरहेको भवनको जग (हात्तीपाइले) राख्न बनाएको भवनको बीच खाल्डोमा जमेको पानीमा बर्दिया सूर्यपटुवा–१ घरभई सोही कम्प्लेक्समा काम गर्दै आएका १८ वर्षीय विक्रम चौधरीको डुबेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

सिलबन्दी गरेकै भवनभित्र निर्माण पक्षले मापदण्ड विपरीत भवन निर्माणको कामलाई निरन्तरता दिइरहेकै बेलामा कामदारको शव भेटिएको हो । भवनमा पानी हाल्दा करेन्ट सर्ट भएर वा अरू नै कारणले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले