back
CTIZAN AD

निर्माणाधीन भाटभटेनी कम्प्लेक्सको खाल्डोमा शव भेटियो

वि.सं.२०७३ मंसिर १ बुधवार

873 

shares

 

१ मंसिर भक्तपर । मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शङ्कास्पद अवस्थामा हिजो एक किशोरको शव भेटिएको छ ।

निर्माण भइरहेको भवनको जग (हात्तीपाइले) राख्न बनाएको भवनको बीच खाल्डोमा जमेको पानीमा बर्दिया सूर्यपटुवा–१ घरभई सोही कम्प्लेक्समा काम गर्दै आएका १८ वर्षीय विक्रम चौधरीको डुबेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

सिलबन्दी गरेकै भवनभित्र निर्माण पक्षले मापदण्ड विपरीत भवन निर्माणको कामलाई निरन्तरता दिइरहेकै बेलामा कामदारको शव भेटिएको हो । भवनमा पानी हाल्दा करेन्ट सर्ट भएर वा अरू नै कारणले मृत्यु भएको हो वा हत्या भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १ बुधवार ००:०५ मा प्रकाशित

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...