back
CTIZAN AD

सहज जित निकाल्दै पुलिस क्लब फाईनलमा प्रवेश

वि.सं.२०७६ जेठ २३ बिहीवार

603 

shares

२३ जेठ, काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज(बिहिबार)को खेलमा नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा साबिक विजेता एपीएफमाथि ५ विकेट जित निकाल्दै पुलिस फाईनलमा पुगेको हो । फाइनल खेल विभागीय टिम आर्मी र पुलिस क्बल बीच हुने भएको छ । उपाधिको लागि आर्मी र पुलिस शनिवार भिड्ने छन् ।

आर्मीले बुधबार पहिलो सेमिफाईनल खेलमा प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको थियो ।

सामान्य ४२ रनको लक्ष्य पुलिसले ९.३ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरेको हो । पुलिसका लागि पवन सरार्फले १४ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा बनाए । दिपेन्द्र सिंह ऐरीले १३ रनको योगदान दिए । सातौ ओभरको पाँचौ बलमा बसन्त रेग्मिले क्याच आउट गराउनु अघि १४ बलमा २ चौका प्रहार गरे ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले २२.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोडेको थियो ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १६:१४ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...