back
CTIZAN AD

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही रु तीन लाख दिने घोषणा

वि.सं.२०७३ मंसिर १ बुधवार

1.2K 

shares

१ मंसीर, काठमाडौँ । सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही रु तीन लाख नगद दिने घोषणा गरेको छ ।

मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको उहाँका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

नेपालका लागि सुजल श्रेष्ठले खेलको ३० औँ मिनेटमा गोल गर्नुभएको थियो । योसँगै नेपालले एक वर्षमा लगातार अन्तर्राष्ट्रियस्तरका तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु कप जितेको नेपालले त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि उपाधि उचालेको थियो ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०३:१३ मा प्रकाशित

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...