back
CTIZAN AD

अवैध रुपमा संचारलन भएका तेह क्लिनिकमा तालाबन्दी

वि.सं.२०७३ मंसिर १ बुधवार

957 

shares

१ मंसीर, काठमाडौँ । स्वास्थ्य मन्त्रालयको पहलमा उपत्यकामा अवैधरुपमा सञ्चालन भइरहेका १३ स्वास्थ्य क्लिनिकमा तालाबन्दी गरिएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरीलगायतको टोलीले आज गरेको अनुगमनका क्रममा अवैधरुपमा सञ्चालित काठमाडाँैका चार र ललितपुरका चार क्लिनिकमा तालाबन्दी गरेको हो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यकाका धेरै क्लिनिक अवैध रहेको गुनासो आएको भन्दै अनुगमनका लागि टोलीले खटाउनुभएको थियो । अनुगमन टोलीले यसअघि सोमबार काठमाडौँका चार र ललितपुरको एक क्लिनिक अवैध रुपमा सञ्चालन भएको फेला पारेपछि तालाबन्दी गरेको थियो । टोलीले सोमबार र मङ्गलबार गरी क्लिनिक तथा फार्मेसीमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका फार्मेसीमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि बिक्री गरेकोलगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण मागिएको व्यवस्थापन महाशाखाका डा हेमन्त ओझाले जानकारी दिनुभयो ।

उहाँले मङ्गलबार राजधानीको चावहिलका शाह पेथोलोजी, रेशा क्लिनिक, विराज डेन्टल प्रालि र ओम समाज डेन्टल प्रालिमा तालाबन्दी गरिएको जानकारी दिनुभयो ।

त्यस्तै ललितपुरको जाउलाखेलस्थि लेजर थेरापी, भैँसीपाटीको शुभेच्छा क्लिनिक एन्ड रिसर्च सेन्टर, सम्पूर्ण सुरक्षित गर्भपतन सेवा र शम्भु फर्मा इन फोकस अप्टिकल एन्ड क्लिनिक, जाउलाखेलको गुहेश्वरी डेन्टल मल्टी स्पे¥यालिटीमा तालाबन्दी गरिएको छ ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०३:१२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...