back
CTIZAN AD

व्यवस्थापिकामा अब सांसद–मन्त्री सवाल जवाफ हुने

वि.सं.२०७३ मंसिर १ बुधवार

819 

shares

१ मंसीर, काठमाडौँ । व्यवस्थापिका–संसद्मा अब जनताका प्रत्यक्ष सरोकारका विषयमा संसद्–मन्त्रीबीच प्रत्यक्ष सवाल जवाफ हुने भएको छ ।

सभामुख ओनसरी घर्तीको अध्यक्षतामा मंगलबार मुख्य दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको संयुक्त बैठकले सदन एवम् सरकारलाई जनताप्रति बढी उत्तरदायी बनाउन प्रश्न–उत्तरको व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार जनताको प्रत्यक्ष सरोकारका विषयमा सांसदले लिखित रुपमा सदनमा प्रश्न राख्ने र त्यसपछि उक्त प्रश्न सम्बन्धित मन्त्रालयमा जाने नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रश्नउत्तर कार्यक्रम प्रधानमन्त्रीसँग र मन्त्रीसँग सिधै गरिनेछ । यसका लागि प्रधानमन्त्रीसँग प्रत्येक महिनाको दोस्रो आइतबार र मन्त्रीसँग दोस्रो र चौथो बुधबार हुनेछ ।

उक्त प्रश्नको तयारीका साथ सम्बन्धित मन्त्री सदनमा आउने र सो विषयलाई प्रत्यक्ष रुपमा जनताले देख्ने र सुन्न पाउने गरी प्रत्यक्ष प्रसारणको व्यवस्था गरिने उहाँले बताउनुभयो । त्यस दिन समितिको बैठक नराख्ने र बिहान ११ बजेदेखि नै सदन चलाउने तयारी गरिएको छ । साथै सवाल जवाफपछि मात्र अरू विषयमाथि छलफल हुनेछ ।

बैठकमा संसद्का समिति र सदनमा विचाराधीन विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाउने सम्बन्धमा छलफल भएको बताउँदै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले संविधान कार्यान्वयनसम्बन्धी विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिनुभयो ।

साथै बैठकले निर्वाचन ऐनदेखि संविधानले समयसीमाभित्र निर्माण गर्नुपर्ने सम्बन्धित विधेयकलाई शीघ्र अघि बढाइने निर्णय गरेको छ । सदन र समितिका बैठक जुध्ने गरेको र कोरम नपुुग्ने समस्याका बारेमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

बैठकले समितिका आन्तरिक र बाह्य भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन सभामुख र सचिवालयसँग समन्वय गरी कार्यविधि बनाउन समिति बनाएको छ ।

वि.सं.२०७३ मंसिर १ बुधवार ०३:१५ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...