back
CTIZAN AD

ओ कवि

वि.सं.२०७६ जेठ २५ शनिवार

720 

shares

भू-स्खलन, सुनामी र ज्वालामुखीको
चपेटमा परेको यो पृथ्वीमा
स्वार्थपन र भ्रष्टचारको उब्जनी बिच
निस्सासिएको यो विश्वव्योममा
अब तिम्रो कविता यति शितल होस् कि
आकांक्षाको चिताग्नीमा जलिरहेका ति ह्रदयहरू शान्त बनोस् ।

हो कवि !
तिम्रो कविता यति प्रभावशाली होस् कि
जसको प्रभावमा काँडा पनि फूल बनोस्
ठोष पनि तरल बनोस्
हार पनि जित बनोस्
बैरी पनि मित बनोस्
हो कवि ! तिम्रो कविता यति मिठो होस् कि
ईष्र्या पनि प्रीत बनोस ।

तिम्रो कविता यति अर्थ पूर्ण होस् कि
मूर्ख पनि मुग्ध बनोस्
तिम्रै कविताको प्रभावमा सुतिसकेको
जवानहरू निन्द्रा खुलोस् ।

रोइरहेकी विधुवाको आँसु हाँसो बनोस्
भातृप्रेमको जोगाड गरोस्
मातृप्रेमको आदर गरोस् ।
ओ कवि !
तिम्रो कविता यति सरस होस कि
पाठकको अन्तर ह्रदय सम्मै त्यो गडोस् ।

हो कवि !
तिम्रो कविता यति प्रभावशाली होस् कि
जसको प्रभावमा काँडा पनि फूल बनोस्
ठोष पनि तरल बनोस्
हार पनि जित बनोस्
बैरी पनि मित बनोस्
हो कवि ! तिम्रो कविता यति मिठो होस् कि
ईष्र्या पनि प्रीत बनोस ।

कवि !
तिम्रो कविता यति चहकिलो होस् कि
विकास र सहुलियतदेखी
धेरै पर
अध्याँरोमा परेको मेरो गाउँमा शिक्षाको ज्योति छरोस् ।

साच्चै ओ कवि !
तिम्रो कविता यति सरल होस् कि
जसलाई पढदा कुनै शव्दकोशको आवश्यकता नपरोस् ।

वस
तिम्रो कविता त यस्तो होस्
जसमा
निरासा पनि हर्ष बन्छ
झगडा पनि तर्क बन्छ
अनि
पृथ्वी पनि स्वर्ग बन्छ ।

 

वि.सं.२०७६ जेठ २५ शनिवार ०९:३८ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...