back

ओ कवि

वि.सं.२०७६ जेठ २५ शनिवार

573 

shares

भू-स्खलन, सुनामी र ज्वालामुखीको
चपेटमा परेको यो पृथ्वीमा
स्वार्थपन र भ्रष्टचारको उब्जनी बिच
निस्सासिएको यो विश्वव्योममा
अब तिम्रो कविता यति शितल होस् कि
आकांक्षाको चिताग्नीमा जलिरहेका ति ह्रदयहरू शान्त बनोस् ।

हो कवि !
तिम्रो कविता यति प्रभावशाली होस् कि
जसको प्रभावमा काँडा पनि फूल बनोस्
ठोष पनि तरल बनोस्
हार पनि जित बनोस्
बैरी पनि मित बनोस्
हो कवि ! तिम्रो कविता यति मिठो होस् कि
ईष्र्या पनि प्रीत बनोस ।

तिम्रो कविता यति अर्थ पूर्ण होस् कि
मूर्ख पनि मुग्ध बनोस्
तिम्रै कविताको प्रभावमा सुतिसकेको
जवानहरू निन्द्रा खुलोस् ।

रोइरहेकी विधुवाको आँसु हाँसो बनोस्
भातृप्रेमको जोगाड गरोस्
मातृप्रेमको आदर गरोस् ।
ओ कवि !
तिम्रो कविता यति सरस होस कि
पाठकको अन्तर ह्रदय सम्मै त्यो गडोस् ।

हो कवि !
तिम्रो कविता यति प्रभावशाली होस् कि
जसको प्रभावमा काँडा पनि फूल बनोस्
ठोष पनि तरल बनोस्
हार पनि जित बनोस्
बैरी पनि मित बनोस्
हो कवि ! तिम्रो कविता यति मिठो होस् कि
ईष्र्या पनि प्रीत बनोस ।

कवि !
तिम्रो कविता यति चहकिलो होस् कि
विकास र सहुलियतदेखी
धेरै पर
अध्याँरोमा परेको मेरो गाउँमा शिक्षाको ज्योति छरोस् ।

साच्चै ओ कवि !
तिम्रो कविता यति सरल होस् कि
जसलाई पढदा कुनै शव्दकोशको आवश्यकता नपरोस् ।

वस
तिम्रो कविता त यस्तो होस्
जसमा
निरासा पनि हर्ष बन्छ
झगडा पनि तर्क बन्छ
अनि
पृथ्वी पनि स्वर्ग बन्छ ।

 

वि.सं.२०७६ जेठ २५ शनिवार ०९:३८ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...