
२८ जेठ, काठमाडौँ । स्रोत नखुलेको रकम पटक –पटक नेपाल भित्राएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुध्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्काे दबाब दिइरहेको स्रोतको दाबी छ ।
‘फुलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १८ करोड ३१ लख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्राएपछि सम्पत्ति शुद्घीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकलको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । मंगलबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ जेठ २८ मंगलवार ०७:३२ मा प्रकाशित





























