back
CTIZAN AD

छात्रालाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण

वि.सं.२०७६ जेठ २८ मंगलवार

756 

shares

२८ जेठ, विदुर । नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्यालयका प्रधानध्यापक कृष्णबहादुर राई र महेशदेव मावि थानसिङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घ लिखुका अध्यक्ष रामबहादुर ओझालाई एक÷एक थान सेनेटरी प्याड तथा भेन्डिङ मेसिन वितरण गरेका हुन् ।

विद्यालयलाई हस्तान्तरण गरिएको मेसिन लिखु गाउँपालिकाको नै पहिलो भएको विद्यालयले जानकारी दिएको छ । सो मेसिन लायन्स क्लब अफ काठमाडौँ डाउनटाउन र विद्यालयले संयुक्तरूपमा खरीद गरेका हुन् । मेसिन खरीद गरिएसँगै दुई विद्यालयका करीब ३५० छात्रा लाभान्वित हुने बताइएको छ । महीनावारीको समयमा छात्रा प्रायःजसो विद्यालय उपस्थित नहुने, विभिन्न समस्याका कारण विद्यालय आउन लजाउने जस्ता विषयहरुलाई ध्यानमा राखेर छात्रालाई विद्यालयमा उपस्थित गराउन मेसिन खरीद गरेको नेकपाका नेता श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने , “सरकारले बजेटमार्फत नेपालभरिका विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम ल्याएको छ यस्तो कार्यक्रमले विद्यालयका छात्रा लाभान्वित हुने विश्वास गरेको छु ।” यस्तै, श्रेष्ठले लिखु गाउँपालिका–२ स्थित लब्दुमा श्रीकृष्ण आधारभूत प्रथामिक विद्यालयमा अध्यनरत ४० विद्यार्थीलाई ४० थान झोला तथा स्टेसनरी सामग्रीहरु वितरण गरे ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १०:२७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...