back

रिलायबल लाइफ र एनसीएचएलबीच सम्झौता

वि.सं.२०७६ जेठ २८ मंगलवार

387 

shares
GLOBAL IME AD
NTC AD

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

२८ जेठ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड(Reliable Nepal Life Insurance Limited)ले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)(Nepal Clearing House Ltd. (NCHL)सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल(आईपीएस र कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्थासँग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्ने बताइएको छ ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम)बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुने जनाइएको छ ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १०:१८ मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

फिक्कल (इलाम) । अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको...

यी कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

यी कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी पाँच...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...