back
CTIZAN AD

रिलायबल लाइफ र एनसीएचएलबीच सम्झौता

वि.सं.२०७६ जेठ २८ मंगलवार

783 

shares

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ ।

२८ जेठ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड(Reliable Nepal Life Insurance Limited)ले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)(Nepal Clearing House Ltd. (NCHL)सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल(आईपीएस र कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीसँग आबद्ध भएपछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु यस संस्थासँग आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्ने बताइएको छ ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम)बीमा शूल्क पनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुने जनाइएको छ ।

वि.सं.२०७६ जेठ २८ मंगलवार १०:१८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...