back
CTIZAN AD

पालिकाको उदाहरणीय कार्य, छोरीहरुका लागि अब बैंकमै भत्ता

वि.सं.२०७६ जेठ २९ बुधवार

780 

shares

२९ जेठ, घोराही । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ ।

बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ ।

सोही अनुरुप जन्मेदेखि २० वर्षसम्मका छोरीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने उपमहानगरपालिकाले निर्णय गरेको छ । उपमहानगरको आगामी नीति तथा कार्यक्रममा बालविवाह रोक्नका लागि छोरीहरूलाई भत्ता दिने निर्णय गरेको बताइएको छ । उपमहानगरका प्रमुख घनश्याम पाण्डेका अनुसार जन्मने हरेक छोरीको नाममा बैंकमा खाता खोलिनेछ र त्यहाँ हरेक महीना १०० रुपैँया जम्मा गरिनेछ । २० वर्षसम्म लगातार पैसा जम्मा हुनेछ । २० वर्षअगाडि कसैले विवाह गरेको पाइएमा उक्त पैसा उपमहानगरको खातामा नै जम्मा हुनेछ ।

नगरप्रमुख पाण्डेले बालविवाहलाई कानूनले रोके पनि व्यवहारमा नरोकिएका कारण बालविवाह न्यूनीकरणका लागि यस्तो कार्यक्रम ल्याउनु परेको बताए । उनले यस प्रकारको कार्यक्रम अपेक्षित रूपमा सफल हुने पनि बताए ।

उपमहानगरले लिएको यसखालको नीति तथा कार्यक्रमबारे यहाँका महिला अधिकारकर्मीहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि सुझावसमेत दिएका छन् । महिला मानव अधिकार रक्षकहरूको सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरीले यो नीति कार्यान्वयन भएमा बालविवाह न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् । “यो पैसा दिने कुरा मात्र होइन, छोरीप्रतिको सम्मान हो”, उनले भनिन् “छोरीप्रतिको दायित्व राज्यले पनि लिएको भन्ने कुरा अभिभावकमा प्रेरेणा जाग्नेछ ।”

उपमहानगरले आगामी साउन १ गतेदेखि जन्मने हरेक बालिकाको नाममा बैंक खाता खोलेर यस्तो रकम जम्मा गर्ने भएको छ ।
–––

वि.सं.२०७६ जेठ २९ बुधवार ११:४१ मा प्रकाशित

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...