Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

१२ वर्षपछि पक्राउ परे हत्याका आरोपी पक्राउ



२ मङ्सिर, पाँचथर  । पाँचथरमा एक महिलाको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फलैंचा–७ का मोहन भनिने विकास राई रहेका छन् ।

२०६१ साल भदौ १८ गते सोही स्थान बस्ने २० वर्षीया मनिषा बेघाको टाउकोमा चोट लागेको अवस्थामा फलैंचाकै सिंहदेवी जङ्गलमा शव फेला परेको थियो ।

प्रहरीका अनुसार मृतक मनिषाको शव फेला पर्नुअघि २०६१ भदौ ८ गते मनिषा र विकास बीचको प्रेम सम्बन्धलाई लिएर गाउँमा चर्चा चलेको थियो ।

अहिले निज विकासलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ