back

हात्तीका कारण खानेपानीको हाहाकार

वि.सं.२०७३ मंसिर २ बिहीवार

501 

shares
IME Limited
NTC AD

२ मङ्सिर, बर्दिवास । जङ्गली हात्तीले खानेपानीको पाइप उखेली दिएपछि महोत्तरीको बर्दिवास नगरपालिकाको रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको छ ।

एक सातादेखि बर्दिवासको चुरे काछका बस्तीमा पसेका चारवटा हात्तीले बुधबारसाँझ पानी उर्रा खोल्सीमा बिछ्याइएको खानेपानी पाइप उखेलेपछि रजवास बस्तीका ६० घरपरिवारमा खानेपानीको हाहाकार परेको हो ।

हात्तीले खानेपानीको तीनसय मिटर पाइप उखेलेर टुक्र्याइ दिएपछि खानेपानी लिन खोला झर्न परेको रजवासका बासिन्दाको भनाइ छ । यसअघि गत आइतबार बस्ती पसेको हात्तीले बस्तीका रामबहादुर बुजई र पाण्डव बुजईको घर भत्काएको र ३५ मुरी अन्न खाएर नोक्सानसमेत गरेको सो बस्तीका सामाजिक कार्यकर्ता हस्तबहादुर आलेले बताउनुभयो ।

बस्ती पसेको हात्तीले सयौँ केराका बोट लाछेर क्षति पु¥याएको छ । जङ्गली हात्ती बस्ती पसेपछि स्थानीय बासिन्दा डरले घर छाड्न थालेका सोही बस्तीका रामबहादुर थापा बताउनुहुन्छ । सिन्धुलीको कमलाखुँजतिरबाट चुरे कटेर झरेका हात्तीले बर्दिवास नपाका पर्साहीधाप, पाटु, कालापानी, भुल्के, वरडाँडा लगायतका बस्तीमा दिनहुँजसो बालीनाली नोक्सान गरिरहेको छ ।

यसैबीच, हात्ती लघार्न ती बस्तीमा पुगेको प्रहरी टोली दिउँसो हात्ती नदेखिएपछि क्षति विवरण मात्र लिएर फर्किएको सर्वसाधारणले बताएका छन् । हात्ती दिनभरि घना जङ्गलभित्र पस्ने र रात परेपछि मात्र बस्ती पस्ने गरेको कालापानीका बासिन्दा इन्द्रबहादुर पुलामीले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:४७ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...