
४ असार, सिरहा ।प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शङ्का लागेर स४प १११५ र स८प ११६ नंको मोटरसाइकल जाँच गर्ने क्रममा अवैधरूपमा ल्याउँदै गरेको कपडा अन्य सामानसहित दुवैलाई पक्राउ गरेको जनाएको छ ।यस्तै प्रहरीले सिरहाको सुखीपुर नगरपालिका–५ स्थित बाटोमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर नेपालतर्फ स५प ३१२१ नंको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा करीब रु ५० हजार मूल्य बराबरको सामानसहित सिरहा नगरपालिका–२२ हकपारा निवासी २४ वर्षीय विजयकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद सबै सामान तथा व्यक्तिलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।
वि.सं.२०७६ असार ४ बुधवार ११:३३ मा प्रकाशित




























