
४ असार,काठमाण्डौं । गैरआवासिय नेपाली संघ (एनआरएनए) ले कैलालीका हावाहुरी पीडितलाई पाँच लाख रुपैया तत्काल राहत सहयोग गरेको छ ।
उक्त रकम धनगढी उपमहानगरपालिका मार्फत सोमबार हस्तान्तरण गरेको हो ।
संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार गत महिना कैलाली कंचनपुरमा आएको हुरी आँधीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रमा उपमहानगरपालिकाको अनुरोधमा तत्काल खास पीडितलाई आबश्यक सहयोग पुर्याउन उक्त सहयोग पठाइएको हो ।
संघले थप सहयोगका लागि यस अघि आफ्ना सबै शाखाहरुलाई राहत सहयोग जुटाउन अनुरोध गरिसकेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले पीडितका लागि सहयोग पठाएकोमा संघप्रति आभार व्यक्त गर्दै रकम वास्तविक पीडितसम्म पुग्ने र यसको विवरण संघलाई जानकारी गराउने बताएका छन् ।
वि.सं.२०७६ असार ४ बुधवार ११:३६ मा प्रकाशित