back
CTIZAN AD

यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही वस्तुगत प्रश्नहरु

वि.सं.२०७६ असार ४ बुधवार

2.5K 

shares

४ असार, काठमाडौँ । शिक्षक सेवा आयोगले लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुलाएको छ । पछिल्लो पटक २०७२ मा माबि निमाबि र प्राबिको २०६८ सालमा खोलिएको थियो । त्यसपछिका समयमा शिक्षक हुन योग्यता पुगेका लाखौं विद्यार्थीले लाईसेन्स लिन पाएका थिएनन् । यसभन्दा अगाडिका परीक्षामा ३५ उत्तीर्णाङ्क भएकोमा यसपालादेखि लाईसेन्स परीक्षाको उत्तीर्णाङ्क ५० तोकिएको छ । जसअनुसार वस्तुगत\बहुवैकल्पिकमा अङ्कभार ४० र विषयगतको अङ्कभार ६० निधार्रण गरिएको छ ।
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले ल्याएका छौँ शिक्षक लाईसेन्स परीक्षामा सोधिने सम्भावित वस्तुगत प्रश्नको संगालो । यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही सम्भावित वस्तुगत प्रश्न ।

१. नेपाल सरकारलाई नयाँ विश्वविद्यालय स्थापनासम्बन्धी परामर्श कुन निकायले दिन्छ ?

क. शिक्षा शाखा, शिक्षा मन्त्रालय            ख. योजना महाशाखा,शिक्षा मन्त्रालय
ग. विश्वविद्यालय अनुदान आयोग               घ. माथिका सबै

२. विद्यालय स्तरीय मात्रृभाषा विकास विद्यालय व्यवस्थापन उप–समितिमा कति जना रहनेछन् ?
क. ८                                                               ख ५
ग. ४                                                               घ ११

३. स्थानीय पाठ्यक्रम निमार्ण प्रक्रियाको पहिलो चरण कुन हो ?
– विषयवस्तुको छनोट

४. एसइई परीक्षाको अक्षराङ्कन पद्धतिबाट गरिने मूल्याङ्कनमा कतिवटा ग्रेडको व्यवस्था गरिएको हुन्छ ?

– ९ वटा

५. सुशासनको अवधारणा कहिलेदेखि आएको हो ?
– सन् १९९० देखि

६. स्थानीय सहभागितामा वृद्धि हुनु कुन विद्यालय शासनको गुण हो ?

– विकेन्द्रित विद्यालय शासन

७. संघीयताको अवधारणाको पिता कसलाई भनिन्छ ?
– अल्थुसियम

८. सामाजिक परीक्षण समितिले पेश गरेको प्रतिवेदन विद्यालयमा कायाृन्वयन गर्ने प्रमुख दायित्व कसको हो ?
– विद्यालय व्यवस्थापन समिति

९. कार्यप्रति समर्पित र जिम्मेवारी बढाउने कार्य के ले गदर्छ ?
– जवाफदेहिता

१०. समय व्यवस्थापनमा प्रचलित सिद्धान्त कुन हो ?

-LEADS Theory

११. बहुकक्षा बहुस्तर शिक्षणमा विद्यार्थीको सिकाइ गति÷ सिंढी मापन गर्ने आधार के हो ?

-Accelerated Learning ladder

१२. चक्रीय रुपमा निरन्तर भइरहने अनुसन्धान के हो ?
– कार्यामूलक अनुसन्धान

१३. शिक्षासम्बनधी मौलिक हकमा कतिवटा हक रहेका छन् ?
– ५ वटा

१४. नागरिकका कर्तव्य कतिवटा छन् ?
– ४ वटा

१५.जिल्ला शिक्षा समितिमा कतिजना मनोनित सदस्य हुन्छन् ?
– ५ जना

१६. जिल्ला शिक्षा परिषद्सम्बन्धी व्यवस्था ऐनको कुन दफामा छ ?
– ११क१

१७.राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को सचिवालयको काम कस्ले गर्छ ?
– पाठ्यक्रम विकासकेन्द्र

१८.शिक्षक अभिभावक संघको गठन कसले गर्छ ?
-विद्यालय व्यवस्थापन समिति

१९.बढुवामा शिक्षकको पेशागत तालिमबापत कति अंक दिइन्छ ?
– ३ अङ्क

२०. शिक्षक सेवा आयोगको नियमावली,२०५७ मा कति नियम छन् ?
– ५५ नियम

वि.सं.२०७६ असार ४ बुधवार १२:११ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...