back
CTIZAN AD

वर्षाले बचाउला त चेन्नईका जनतालाई ?

वि.सं.२०७६ असार ४ बुधवार

981 

shares

 

४ असार, काठमाण्डौं । अन्य देशमा वर्षा र बाढीका कारण धेरैको जीवन सकेको समाचार पढी रहेका हामीहरुलाई भारतको चेन्नाइको जनतालाई वर्षाले नै बचाउँन सक्छ भन्दा तपाईलाई अचम्म लाग्ला । तर, त्यस्तै भएको छ । अब चेन्नाईको जनता बचाउनका लागि वर्षानै आउनुपर्ने भएको छ ।

चेन्नाइमा यो पहिलो पटक होइन, पानीको संकट परेको तर, यो वर्ष बढी संकट परेको त्यहाँका सरकारी अधिकारीहरु बताउँछन् ।

चेन्नाइका जनता अहिले पानीको नयाँ श्रोत खोजिरहेका छन् । पानीको नयाँ श्रोत खोज्दै हरेक महिनामा २० देखि ३० वटा सम्म बोरिङहरु खनिएको छ । दुई महिनाको बीचमा ४० बोरिङ खनिएको बताइएको छ ।

चेन्नइमा चार लाख पानीको मुहान सुकिसकेको छ । मइको पहिलो साता चेन्नाईको जल विभागले चेन्नाई मेट्रो वाटर शोलावरम र सेंगुदरम मुहानबाट पानी निकाल्न बन्द गरिसकेको र पूंदि मुहानबाट पनि पानी आउन छोडेको छ । जल बिभागले चेन्नाईको बाहिरी क्षेत्रबाट सफा पानी लिन सुरु गरेको बताइएको छ । अब केही पानी तमिलनाडुको सिक्किरायापुरम र इरुमैयुरबाट पनि ल्याउन थालिएको बताइएको छ ।

चेन्नइ जल विभागका अधिकारीहरुका अनुसार उनीहरुले केही पानीको मुहान खोज्न सुरु गरिसकेको र अब केवल वर्षाले नै चेन्नाईको जनताको जीवन बचाउन सक्ने छ ।

हाल पानी सप्लाईको लागि चेन्नाईलाई १५ भागमा बाडिएको छ । ८८० लाख लिटर पानी यी १५ भागमा बाडिएको बताइएको छ । तर, जनताको बीचमा ६५० लाख लिटर मात्र पानीपुगेको छ । चेन्नाईको जल विभागका अनुसार पानीको कमिका कारण ५२५ लाख लिटर मात्र पानी पठाउन सकिएको छ । यसकारण धेरै ठाउँमा पानीको समस्या बढिरहेको छ । धेरै ठाउँमा ट्यांकरबाट पानी लिने क्रममा मानिसहरुवीच झगडा भइरहेको छ ।

होटल तथा अफिस बन्द
चेन्नइमा धेरै होटल, रेष्टुरेण्ट तथा अफिसहरु बन्द भएका छन् । चेन्नई मेट्रोमा एसी चल्न बन्द भएको छ । केही आइटी कम्पनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न भनेका छन् । तर पनि स्थिति धेरै जटिल भएको छ ।

आइटी वर्कस एसोसियसनका महासचिव विनोद कलिगईले भने, ‘आइटी फर्मले घोषणा त गरेको छैन जति सकिन्छ त्यति कर्मचारीले घरबाट काम गर्न भनिएको छ, तर घर पनि त पानीबाटै चल्छ अब हामी के गर्ने ?’

एक अधिकारीले भने, ‘धेर ठाउँमा भूजलस्तर सकिएको छ । मानिसहरु चेन्नाई जल विभागबाट पानी पाउने आसामा रहेका छन् । यसले स्थिति झन जटिल बन्दै गएको छ ।’
चेन्नई जल विभागका अनुसार विभागको ट्याकरबाट पानी सप्लाई भइरहेको छ । मानिसहरु यो पानी किन्न परेपनि पहिले रजिस्टर्ड गर्नुपर्ने र २० दिनसम्म पर्खनुपर्ने हुन्छ । झन पछि यो पर्खाई बढ्दै जाने देखिएको बताइएको छ । ‘अब बर्बादी सुरु भएको छ, यदि यो वर्ष वर्षाले हामीलाई निराश बनायो भने हामी खतम हुनेछौं ।’ एक अधिकारीले भनेको बिबिसीमा समाचार छ ।

पानीको क्षेत्रमा काम गरिरहेका एक सामाजिक कार्यकर्ताले भने, ‘भविष्यमा यस समस्याको हल भनेको भूजलस्तर बढाउदै लैजाने हो । विगतमा पनि यस्तो समस्या भोगेकै हो । यसमा भूजलले नै बचाउँदै आएको हो । वर्षाको १६ प्रतिशत पनाी जमिन मुनि जानुपर्ने हुन्छ तर चेन्नाई जस्तो ठूलो सहरमा ५ प्रतिशत पानी पनि जमिनले सोस्न सकिरहेको छैन त्यसको कारण हो क्रंक्रिट निर्माण । यस्तो चिजलाई परिवर्तन गरेर हामीले भूजलस्तर बढाउन जरुरी छ ।

तस्बिर : ऐजेन्सी

वि.सं.२०७६ असार ४ बुधवार १५:४६ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...