back
CTIZAN AD

भेरी अस्पतालमा फोहरको डुंगुर

वि.सं.२०७६ असार ४ बुधवार

2K 

shares


४ असार, बाँके । बाँकेको सदरमुकाममा रहेको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ ।

फोहर व्यवस्थापनको अध्ययन गर्न मानव अधिकारबादी संस्था तराई मानव अधिकार रक्षक संजाल ‘थर्ड एलायन्स’ ले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको जनाएको छ ।

स्वास्थ्य संस्थालाई मृत्युबाट बचाउन जाने ठाउँका रूपमा लिइन्छ । तर, तिनै स्वास्थ्य संस्थाबाट निस्कने फोहरका कारण अर्को कुनै रोग त निम्तिँदैन भन्ने शंकाको प्रश्न उठ्न थालेको छ । ५ नम्बर प्रदेशको सबैभन्दा ठूलो अस्पताल मानिने भेरी अस्पतालमा पुग्दा त्यहाँ प्लास्टिकले बेरिएको फोहोरको डंगुर देखिन्थ्यो ।

अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाँडामा चिन्ह नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत नरहेको पाइएको संस्थाका उप प्रादेशीक कार्यालय नेपालगंजका प्रमुख आलम खानले बताए । अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गर्दा वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पार्ने निष्कर्ष अध्ययनले निकालेको छ ।

संचारकर्मीहरुसँग कुरा गर्दै प्रमुख खानले भने, “भेरी अस्पतालबाट दैनिक करीब ४० किलो फोहर निस्किने भए पनि त्यसको उचित व्यवस्थापन गर्न अस्पतालले सकिरहेको छैन ।” उनले अस्पतालबाट निस्कने फोहरको न्यूनीकरणमात्रै नभएर व्यवस्थापन पनि राम्रो हुनुपर्नेमा जोड दिए । “यसका लागि अस्पतालले फोहर न्यूनीकरण नीति ल्याउनु आवश्यक छ”, प्रमुख खानले भने, “दीर्घकालीनरुपमा व्यवस्थापन गर्न सजिलो हुनेछ ।”

अहिलेको तुलनामा केही वर्षपछि निस्कने फोहरको मात्रा बढी हुने भएकाले अहिलेदेखि नै पछिका लागि सोच्न नसके केही वर्षमा थप धेरै जटिलता सिर्जना हुनसक्ने उनको तर्क छ । प्रसुति गृहको मूल ढोकामा नै फोहर थोपारिएकोले वातावरण नै प्रदुषित बनेको पाइएको बताउदै प्रमुख खानले बिरामी,बिरामीका कुरुवा र स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मी सहित आम नागरिकलाई मुख छोपेर बस्नु, हिडनु पर्ने बाध्यता रहेकोले तत्काल उक्त फोहरलाई उचित व्यवस्थापन गर्न थर्ड एलायन्सका प्रमुख खानले अस्पताल प्रशासन संग आग्रह गरे ।

अस्पतालमा फोहर जमेर दुर्गन्ध बढेपछि उपचारका लागि आउने बिरामी, स्थानीय व्यापारी, सर्वसाधारण, अस्पतालकै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू नाक छोप्दै हिँड्नुपर्ने अवस्थामा भेटिन्छन् । सम्बन्धित पक्षले बेलैमा चासो नदिँदा विगत लामो समयदेखि दुर्गन्धमा नै बसेर काम गर्नुपरेको अस्पतालका कर्मचारीहरू बताउँछन् । भेरी अस्पतालको प्रसुति गृहको मूल ढोकामा फोहोरै–फोहोर थुपारिएको भए तापनि अस्पताल प्रशासनको चरम लापरबाहीका कारण लामो समयदेखि फोहोर व्यवस्थापन हुन सकेको छैन ।

अस्पताल जन्य फोहरको व्यवस्थापन उचित र वैज्ञानिक ढंगले नगरिए फोहरमैला व्यवस्थापन ऐन २०६८ वमोजिम कारबाही हुने व्यवस्था भए पनि स्थानीय सरकारले कुनै कदम चालेको छैन् ।

भेरी अस्पतालको सुपरिटेण्डन रुपानन्द अधिकारीले अस्पतालमा डम्पिङसाइडको व्यवस्था नभएको र उपमहानगरपालिकाले फोहर उठाउन नमानेको कारण प्रसुति गृहको मूल ढोकामा खाली ठाँउ रहेकोले उक्त ठाँउमा फोहर राखीएको बताए ।

स्मरण रहोस निवार्तमन सुपरिटेण्डन डाक्टर प्रकाश थापा आफनो कार्यकालमा अस्पताल भित्रै भएका सम्पूर्ण फोहरहरुलाई उचित तरिकाले व्यवस्थापन गर्न र अस्ताल भित्रै प्रत्येक शनिबार सफाई गर्ने कार्यमा आफै लाग्दै आएका थिए । उनको कार्यकालमा फोहर व्यवस्थापन गर्न कुनै कठिनाई नभए पनि अहिले अएर बर्तमान सुपरिटेण्डन डाक्टर अधिकारीको कार्यकालमा फोहर जम्मा भएर स्वास्थ्यलाई नै प्रतिकुल असर पार्ने काम गरे पनि उनी मौन भएर बसेको प्रति अस्पताल कर्मचारी डाक्टर अधिकारी संग रुष्ट भएको देखिएका छन् ।

स्रोतका अनुसार संघीय समाजबादी पार्टीको सिफारीशमा सुपरिटेण्डन बनेका डाक्टर अधिकारी कागजमा हस्तक्षर गर्न मात्र अस्पताल आउने बाँकी समय निजि अस्पतालमा नै व्यस्त हुने गरेको कारणले अस्पताल बिद्यार्थीहरुको भरमा चल्ने गरेको अस्पतालका एक डाक्टरले बताए ।
सरकारी कर्मचारीहरु अधिकांश निजि अस्पतालमा काम गर्ने गरेको थर्ड एलायन्सले गरेको अध्ययनले देखाएको छ । अध्ययनपछि थर्ड एलायन्सले भेरी अञ्चल अस्पतालको फोहर व्यवस्थापनका लागि तत्काल एउटा घर निर्माण गर्न सुझाव दिएको छ ।

वि.सं.२०७६ असार ४ बुधवार १६:३६ मा प्रकाशित

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...