
५ असार, काठमाण्डौं । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपाली मध्ये पाँचसय २३ जना जेल परेका छन् ।
आर्थिक जोहोको लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम परेपछि जेल परेका हुन् । करितपय भने परिवन्दले पनि जेल परेका छन् ।
बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए । उनका अनुसार रोजगारीका क्रममा परदेशमा रहेका नेपाली मध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन् ।
जेल पर्नेमा सबैभन्दा बढी मलेसियामा छन् । बोर्डका अनुसार मलेसियामा २ सय चारजना छन् भने दोस्रो नम्बरमा यूएईमा १ सय ८५ जना, कुवेतमा ५८, कतारमा ३८ साउदी अरेवियामा २४ र ओमानको जेलमा दुई नेपाली रहेका छन् ।
ती मध्ये महिलाको संख्या १९ छ । जेलमा रहेका २५ जनालाई मृत्युदण्ड सुनाइएको छ । विहिबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार ५ बिहीवार ०७:३७ मा प्रकाशित





























