back

प्रहरीको गोली लागेर विप्लव नेतृत्व पार्टीको जिल्ला इन्चार्जको मृत्यु

वि.सं.२०७६ असार ५ बिहीवार

390 

shares
GLOBAL IME AD
NTC AD

५ असार, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

लालबन्दीबाट चार जनाको समूहमा मोटरसाइकलले जङ्गलको बाटो हुँदै नवलपुरतर्फ आउँदै गरेको पौडेल नेतृत्वको टोलीले नेपाल प्रहरीको विशेष टोलीलाई लक्षित गर्दै गोली चलाएपछि दोहोर भिडन्त भएको प्रहरीले जनाएको छ ।

जवाफमा प्रहरीले पनि गोली चलाउँदा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदेश नं २ को राजधानी जनकपुरबाट पौडेललाई खोज्न खटिएको नेपाल प्रहरीको विशेष टोलीसँग पौडलको दोहोरो गोली हानाहान भएको थियो ।

प्रहरीले गोली चलाउन थालेपछि पौडेलको साथमा रहेको अन्य तीन जना फरार भएका छन् । घटनास्थलबाट प्रहरीले केही थान हरितयार मोटरसाइकल पनि फेला पारेको छ । उनीहरु जङ्गलको बाटो भएर भागेको प्रहरीले जनाएको छ । “पौडेल मारिएका छन्, घटनाको विस्तृत जानकारी आउन अझै बाँकी छ”, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने ।

सर्लाही वागमती नगरपालिका–२, धरहरा निवासी पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बनेका थिए । एकीकृत नेकपा पार्टी फुटाएर मोहन वैद्यले पार्टी गठन गरेपछि पौडेल त्यसमा लागेको थिए । लगत्तै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ समूह खोलेपछि पौडेल त्यसमा सामेल भएका थिए । केही दिनदेखि पौडेल सर्लाहीमा चन्दा आतङ्क मचाएको स्थानीय तहका प्रमुखले जनाएका छ ।

वि.सं.२०७६ असार ५ बिहीवार १९:१३ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...