back
CTIZAN AD

सेयर बजारमा छ अङ्कको वृद्धि, तीन कम्पनीको सेयर सूचिकृत

वि.सं.२०७६ असार ५ बिहीवार

786 

shares

५ असार, काठमाण्डौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.९० अङ्कले बढेर एक हजार २६४.३६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०८ अङ्कले वृद्धि भई २७१.६० बिन्दुमा पुगेको छ ।

परिसूचक उकालो लागेपनि कारोबार रकम भने सस्तैमा समेटिएको छ । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर रु ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर घटेको छ । वित्त ०.३९, निर्जीवन बीमा ७.६६ र उत्पादन १२.८८ अङ्कले घटेका छन् ।

लघुवित्त र होलट उपसमूहका शेयरमा भएको वृद्धिले बजारमा सकारात्मक प्रभाव परेको हो । यस्तै बैंकिङ ६.९, होटल ८.४४, विकास बैंक ५.०१, जलविद्युत् ७.०४, अन्य ४.२६, लघुवित्त १३.६८, जीवन बीमा ३।५८ र सामूहिक लगानी कोष ०.०२ अंकले वृद्धि भएको छ ।

स्टकका अनुसार आज कारोबारका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो । सो कम्पनीको रु तीन करोड तीन लाख १३ हजार २९९, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई करोड ६४ लाख दुई हजार ६५५, नेपाल बैंक लिमिटेड रु दुई करोड ४० लाख १२ हजार २५४, प्रभु बैंक रु एक करोड ९८ लाख पाँच हजार ७०१, मेगा बैंक एक करोड ६६ लख ४३ हजार ३२३ र एनआइसी एसिया बैंकको रु एक करोड ४२ लाख ७३ हजार ७७५ मा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ५.२६, कर्पोरेट डेभलपमेन्ट बैंक ३.२२, गुराँस लाइफ इन्स्योरेन्स २.१७, युनिलिभर नेपाल १.९९ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले १.९३ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए । मल्टीप्रपोज फाइनान्स ९.७७, खानीखोला हाइड्रोपावर ७.३५, स्वदेशी लघुवित्त वित्तीय संस्था ६.०३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ५.८९ र पाँचथर पावर कम्पनीका शेयरधनीले ५.८० प्रतिशतले कमाए ।

तीन कम्पनीका शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज लिमिटेडम आज विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाको तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद शेयर सूचीकृत भयो ।

स्टकमा जेविल्स फाइनान्स लिमिटेडका तीन लाख ४० हजार ९५५ कित्ता हकप्रद र तीन लाख ८९ हजार २८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

वि.सं.२०७६ असार ५ बिहीवार १९:२९ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...