back
CTIZAN AD

अगाडि बढ्ने भयो मेलम्चीको काम

वि.सं.२०७६ असार ५ बिहीवार

573 

shares

५ असार, काठमाण्डौं । इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ ।

सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाका काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य शुरु गरेको छ ।

आयोजनाका सुरुङभित्र गरिने ‘भेन्टिलेसन साफ्ट’को कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने ‘आउट फल’को काम पनि शुरु भएको छ ।

समितिले मेलम्ची आयोजनाको सुरुङ ‘फिनिसिङ’ र ‘हेड वक्र्स’ निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र (टेण्डर) आह्वानको समय सकिएकाले यसको मूल्याङ्कन भइरहेको छ ।

हेडवक्र्स (मुहानको संरचना) निर्माणका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । “अब मेलम्चीको काम शुरु भइसकेको छ । शुरुआती चरणमा ‘भेन्टिलेसन साफ्ट’का लागि ‘ड्रिलिङ’को काम शुरु भएको छ”, प्रवक्ता शाक्यले भने, “उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।”

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुई वटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स–साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । “पहिलो प्याकेजमा हेड बक्सअन्तर्गत ड्याम निर्माण र पुल निर्माणलगायत छन्”, उनले भने, “दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्टलगायत निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्योलता समाप्त भएको छ ।”

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आह्वानमा बोलपत्र दर्ता गरेका कम्पनीको मूल्याङ्कन गरी छिट्टै अन्य बाँकी काम सञ्चाचलन गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महीनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानूनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल शुरु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालीयन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिकरुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौँमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताए ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । याङ्ग्री र लार्के खोलाको पानी ल्याउन मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एशियाली विकास बैंक (एडिबी) याङ्ग्री र लार्केको सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडिबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो ।

मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारीसमेत गरेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्र्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डिपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो ।

सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट दैनिक १७÷१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । ती खोलाबाट थप पानी काठमाडौँ ल्याउन निर्माणको कार्य शुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमी छ ।

मेलम्चीको अम्बाथान (हेडबक्स) बाट दुई किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म दुई किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधैँ मेलम्चीको हेडबक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङका माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।

वि.सं.२०७६ असार ५ बिहीवार १९:४७ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...