
६ असार, काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सरकार पार्टी सञ्चालनका विषयमा तीब्र मतभेद देखिएको छ । दुई पार्टी एकीकरण हुँदा ‘जेट विमानका दुई पाइलट’ भनिएपनि पछिल्लो समय उनीरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो ।
सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीले लिएका पछिल्लो निर्णयको विपक्षमा देखिएका छन् । स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनदेखि पार्टीको कार्यदिशासम्मका फरक मत देखिएको छ ।
असार ३ गते आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझेपछि अध्यक्ष दाहालले लोकसेवा आयोगको विज्ञापन संविधानको मूल मर्म पक्रन नसकेको बताएका थिए । शुक्रबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार ६ शुक्रवार ०७:२० मा प्रकाशित




























