
६ असार, काठमाडौँ । शिक्षक सेवा आयोगले यही साता मात्र लामो समयपछि शिक्षक लाईसेन्सको विज्ञापन खुलाएको छ । आयोगले यस वर्षबाट विषयगत रुपमा अध्यापन अनुमतिपत्रको व्यवस्था गर्न लागेको हो ।
समयक्रमसँगै प्रतिस्पर्धामा पनि जटिल बन्दै जाने देखिन्छ । त्यसै अनुरुप बस्तुगत प्रस्न (बहुबैकल्पिक ) अङ्कभारमा ४० र विषयगतको अङ्कभार ६० निधार्रण गरिएको छ । खण्ड ‘क’ अन्तर्गत ‘विषयवस्तु सम्बन्धी ज्ञान’ र खण्ड ‘ख’ ‘शिक्षण सहजीकरण प्रक्रिया’ गरी दुई खण्डमा विभाजन गरिएको छ ।
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज माध्यामिक तहको नेपाली विषयको वस्तुगत प्रश्न लिएर आएका छौँ ।
यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही सम्भावित वस्तुगत प्रश्नको संगालो ।
१. साहित्यका प्रमुख चार विधाहरु के के हुन् ?
– कविता, आख्यान, निबन्ध र नाटक
२. ‘एक बसाइमा पढी सकिने र आफैँमा पुर्ण कथात्मक कृति कथाहो’ यो भनाइ कसको हो ?
– एडगर एलेन पो
३. आधुनिक नेपाली कथाको प्रथम धारा कुन हो ,
-सामाजिक यथार्थवादी धारा
४. प्रयोगवादी धाराको नवीनतम् उपलब्धि के हो ?
-अकथा
५.प्रयोगपरक कथाकार भनेर कसलाई चिनिन्छ ?
– धु्रवचन्द्र गौतम
६.कुन कविता छपाएपछि नेपाली कवितामा मुद्रण युगमा प्रवेश गरेको हो ?
-भानुभक्त रचित रामायणको बालकाण्ड
७. नेपाली कविताले कहिलेदेखि मुद्रण्म युगमा प्रवेश पायो ?
– १९४१
८.‘कोही किन बरबाद होस्’ नाटकका लेखक को हुन् ?
-विजय मल्ल
९.भाषामा कस्तो व्यवस्था रहेको हुन्छ ?
-खुला व्यवस्था
१०. नेपाली भाषाको उत्पति कहिले भएको हो ?
– ११ औँ शताब्दीमा
११. संसारको सबैभन्दा ठुलो भाषापरिवार कुन हो ?
-भारोपेली
१२, नेपाली भाषमा आधुनिकता भित्राउने पत्रिका कुन हो ?
-गोरखापत्र
१३. हलन्त वहिष्कार आन्दोलन कहिले भएको थियो ?
-वि.सं. १९६५
१४.सूर्यविक्रम ज्ञवालीको शब्दकोश कुन हो ?
-नेपाली सङ्क्षिप्त शब्दकोश
१५. अग्र अगोलित स्वरवर्ण कुन हो ?
– इ
१६. नेपालमा बोलिने आग्नेली परिवारअन्तर्गतको भाष कुन हो ?
-सतार(खडिया)
१७. ‘रमणीय अर्थ प्रदान गर्ने शब्द काव्य हो ?यो भनाइ कसको हो ?
– जगन्नाथ
१८. साहित्यको तेस्रो तथा अन्तिम हेतु कुन हो ?
-अभ्यास
२०. अचम्म लाग्दा वस्तु देखेर वा त्यस्तै खालका कुरा सुनेर उत्पन्न हुने घृणाबाट कुन रस उत्पन्न हुन्छ ?
-अद्भूत
२१. भाषालाई नियमन गर्ने भाषभित्रै अन्तर्निहित संरचनालाई के भनिन्छ ?
-व्याकरण
२२. कुनै विशेष परिवेशमा व्यतिरेकी भएर आउने ध्वनिलाई के भनिन्छ ?
-वर्ण
२३.वत्स्र्य व्यञ्जन वर्ण कुन हो ?
क्. क् ख. थ्
ग. ठ् घ. ब्
२४. नासिक्य व्यञ्जन वर्ण कुन हो ?
क्. ल् ख.स्
ग. ङ् घ.र्
२५.घोष व्यञ्जन वर्ण कुन होइन ?
क. त् ख. थ्
ग. स् घ. ग्
२६. अल्पप्राण व्यञ्जन वर्ण कुन होइन ?
क. ट ख. व्
ग. घ् घ. न्
२७.वाक्यमा कुनै काम, घटना, अवस्था स्थिति बुझाउने शब्दलाई शब्दलाई के भनिन्छ ?
क्. नाम ख. सर्वनाम
ग्. विशेषण घ. क्रियापद
२८. एउटा उद्देश्य र एउटा विद्येय भएको वाक्यलाई के भनिन्छ ?
– सरल वाक्य
२९ आलङ्कारिक पदक्रम प्रयोग हुने क्षेत्र कुन हो ?
क्. शिक्षा ख. अनुसन्धान
ग्. साहित्य घ.सञ्चार
३०. छोराछोरी कस्तो शब्द हो ?
क्. समस्त ख. द्विरुक्त
ग्. कृदन्त घ. स्वतन्त्र
३१. घरघर कस्तो शब्द हो ?
क. समस्त ख. द्विरुक्त
ग. कृदन्त घ. स्वतन्त्र
३२. वार्तालापीय शैली अँगाली लेखिने रचना कुन हो ?
क. संवाद ख. वक्तृता
ग. वादविवाद घ. मनोवाद
३३. एक दिनभरिका घटनाहरुलाई क्रमिक प्रस्तुत गर्ने रचना कुन हो ?
क. जीवनी ख. कथा
ग्. संवाद घ. दैनिकी
३४. अनुच्छेदको आदि भागमा कुन वाक्य रहेको हुन्छ ?
क्. शीर्ष ख. सहयोगी
ग. सारांशीकृत घ.पहिलो
३५. निबन्ध रचनालाई कुन दर्जामा राख्न सकिन्छ ?
क. सामान्य लेखन ख. प्राज्ञिक लेखन
ग. सिर्जनात्मक लेखन घ. बौद्धिक लेखन
३६. चिठी पत्रको मुख्य उद्देश्य के हो ?
क. सूचना सम्प्रेषण गर्नु ख. चिठी लेख्नु
ग. जानकारी लिनु घ. कुनै पनि होइन
३७. विज्ञापनमा प्रयोग गर्ने भाषा कस्तो हुनुपर्छ ?
क. सन्देशमूलक ख. चित्रात्मक
ग वर्णनातमक घ. सूत्रात्मक
३८.बोधको सुस्वात कुन तहबाट गर्नुपर्दछ ?
क. पद ख.पदावली
ग वाक्य घ. अनुच्छेद
३९. कुनै पनि विषयको मुख्य कुराको टिपोट गर्ने कार्य के हो ?
क. सारलेखन ख. सङ्क्षेपीकरण
ग. सारांश घ. पात्रपरिचय
४०. संवादमा भाषेतर क्रियाकलापलाई कहाँ संयोजन गर्नुपर्छ ?
क. सिङगोसंवादभित्र ख. कोष्ठक भित्र
ग. संवादको अन्त्यमा घ. संवादको अग्रभागमा
यी हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने केही वस्तुगत प्रश्नहरु
वि.सं.२०७६ असार ६ शुक्रवार १३:३७ मा प्रकाशित