back
CTIZAN AD

‘नेपालमा सामान्य लाग्ने आनीबानी जापानमा अपराधजन्य हुन सक्छन्’

वि.सं.२०७६ असार ८ आइतवार

861 

shares

८ असार, काठमाण्डौं । लामो समयदेखि जापानमा रहेका सामाजिक अभियन्ता बेलुकाजी थापाले नेपालमा सामान्य लाग्ने आनीबानी अन्य देशमा अपराधजन्य हुन सक्छन् भन्ने सचेतनामुलक विचार संप्रेषण गरेका छन् ।

गल्कोट समाज जापानका संस्थापक  समेत रहेका थापाले देशको भूगोलबाट टाढिएपछि अरुको भूगोलका रहँदा बस्दा हाम्रा मान्यता संस्कार र आदतहरु त्यो देश अनि समाजकै चालढालमा बदलिनु र बदल्नु पर्ने आवस्यक रहेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा आफ्ना भनाई राख्दै उनले भनेका छन्, ‘देशको भूगोलबाट टाढिएपछि अरुको भूगोलका रहँदा बस्दा हाम्रा मान्यता संस्कार र आदतहरु त्यो देश समाजकै चालढालमा बदलिनु र बदल्नु पर्छ । तर हाम्रा देनानुदिनका आदत र उठबसहरु त्यस्ता भने देखिदैनन् । उता सामान्य लाग्ने आनीबानी यता अपराधजन्य हरकत हुनसक्छन् । जापान बसाईमा मलाई जस्तै हजुरलाई लागेका थप यस्तै आदतका बुँदाहरु तपाईले पनि लेख्नु होला न ।
सुर्धान नसकिएका बानीहरु
-कुर्शीमा बस्दा खुट्टा चढाउने र हल्लाउने

-सार्बजनिक ठांउ बाटोमा थुक्ने र खकार्ने

-भातमा चपेष्टिक या चम्मच कांटा गाड्ने

-आफूबाट गल्ति भएको कुरालाई माफी नबोल्ने

-गल्तिलाई ढाक्नछोप गर्न कहानी बनाउने

-बच्चाहरु खेल्ने पार्कका पींङमा आमाहरु खेल्ने

-पार्कमा भेटिने परेवाहरुलाई चारो हाल्ने÷दिने

-अरुको करेशाका फलफूल र फूल र तरकारी टिप्ने

-जीउँदो खसी तथा कुखुरा काटेर खाने र लाईभ गर्ने

-संरक्षित फलफूलका डाली नुगाएर फोटो खिच्ने

-परेवा छोपेर काटी खाने

-काफल र किमु काफलका रुखका फल टिप्ने खाने

-यात्रामा ठुल्ठुलो स्वरमा गफिदै हल्लिखल्लि गर्ने

-सवारी साधनमा सवार गर्दा लाईभ गर्ने

-रेलका आरक्षण सिटमा बसेर निदाएको भान गर्ने

शान्त कर्मभूमि जापानमा घटेका मुटु कपाउने घटनाहरु

वि.सं.२०७६ असार ८ आइतवार ०९:१० मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...