back

अमेरिकी आक्रमणले यस क्षेत्रमै प्रभाव पर्ने इरानको चेतावन

वि.सं.२०७६ असार ८ आइतवार

522 

shares

८ असार, तेहरान ।  वासिङ्टनबाट उसको हितका लागि तेहरानविरूद्ध हुने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने शनिबार इरानले चेतावनी दिएको छ ।

“इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकहरूमा पनि प्रभाव पार्नेछ,” इरानी तासिम न्यूज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गरी लेखेको छ ।एनले भने, “आज मध्यपूर्वको अवस्था इरानको लाभ बनेको छ । यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगी, ले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ ।”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मानवरहित अमेरिकी विमानलाई तेहरानले खसालेपछि अमेरिका इरानमा आक्रमण गर्नका लागि ‘हतियारसहित तयार भइसकेको’ तर अन्तिम समयमा फिर्ता भएको भन्ने भनाईको जवाफमा इरानी सेनाको उक्त प्रतिक्रिया आएको हो ।

मानवरहित अमेरिकी विमानलाई खसालेकोप्रति तेहरानले आफ्नो आकासमा अमेरिकाले हस्तक्षेप गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेपछि विमान खसालिएको तेहरानको दावी छ । तर अमेरिकाले भने यसलाई अस्वीकार गर्दै आएको छ र भनेको छ दुई मुलुकबीचको तनाव इरानले सामुद्रिक मार्ग भएर हिँडेका दुई तेल ट्याङ्करमाथिको ‘इरानी हमला’ पछि अमेरिकाले सुरक्षाका लागि सजक बनेको छ ।

वि.सं.२०७६ असार ८ आइतवार ०९:०८ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...