
८ असार, काठमाडौँ । शिक्षक सेवा आयोगको विज्ञापन खुलेसँगै शिक्षक बन्नका लागि योग्यता पुगेका विद्यार्थीहरुले यसलाई अलि कठिन रुपमा पनि लिएको पाइन्छ ।तर मेहनत गरेमा असम्भव केही पनि हुँदैन । शिक्षक सेवा आयोगको तयारी कसरी गर्ने त ?
विषयगतप्रश्न ८० र वस्तुगत प्रश्न २० अङ्कभारको आउने गरेकोमा यसपालादेखि वस्तुगत प्रश्नको अङ्भार ४० र उत्तीर्ण अङ्कभार पनि ५० हुँदा अलि गहन अध्ययन गर्नुपर्ने भएको हो । विषयगत प्रश्नमा मौलिरुपमा उत्तर लेख्दा पनि केही नम्बर प्राप्त हुने हुँदा उत्तीण गर्न सजिलो हुने थियो तर अहिलेको पाठ्यक्रमले वस्तुगत प्रश्न (बहुवैकल्पिक) को अङ्कभार ४० पुराउँदा विषयबस्तुहरु गहिरिएर अध्ययन गर्नुपर्ने देखिन्छ । किनकि वस्तुगत प्रश्नमा अप्सनमा भएको मध्ये ठिक उत्तर नै हुनुपर्छ । आयोगले यस वर्षबाट विषयगत रुपमा अध्यापन अनुमतिपत्रको व्यवस्था गर्न लागेकोले पनि विषय अनुसारको तयारी गर्नुपरेको हो ।
सर्वप्रथम हामीले परीक्षाको तयारी गर्दा पाठ्यक्रमको क्षेत्र निर्धाण गर्नुपर्ने हुन्छ ।
१०० अङ्कलाई ३ भागमा बिभाजन गरिएकोछ । पहिलो भागले ४० अंक ओगटेको छ । जसमा ४० वटा बहुबैकल्पिक प्रश्नहरु सोधिनेछन । दोस्रो भागले २५ अंक ओगटेको छ । जसमा तपाईंको बिषयसँग सम्बन्धित शिक्षण कला सम्बन्धि ५ वटा बिषयगत प्रश्नहरु सोधिनेछन ।तेस्रो भागले ३५ अंक ओगटछ । जसमा तपाईंले शिक्षासँग सम्बन्धित ७ वटा प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्छ । यी पाठ्यक्रमको क्षेत्र निर्धाण गरिसकेपछि तपाईलाई अध्ययनका लागि सहज हुन्छ ।
अब लागौं शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज निम्न माध्यामिक तहका सबै विषयका लागि उपयोगी हुने वस्तुगत प्रश्न लिएर आएका छौँ । यी हुन् शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु ।
१. “ दुई पास” परीक्षा कहिलेबाट सुरु भएको थियो ?
क. १९८० ख. १९७९
ग. १८८० घ. १९७१
२. भाषानुवाद परिषद्को स्थापना कहिले भएको थियो ?
क. १९७८ ख. १९९७
ग. १९९८ घ. १९९९
३. पहिलो शिक्षा ऐन जारी कहिले भएको हो ?
क. २०१९ ख. २०११
ग. १९१८ घ. २०२८
४. उच्चस्तरीय शिक्षा आयोग गठन कहिले भयो ?
क. २०५५ ख. २०५८
ग. २०५४ घ. २०२८
५. शिक्षकको सक्षमता कति वटा रहेका छन् ?
क्. ९ ख. ५
ग. ८ घ. ७
६. स्थानीय पाठ्यक्रम प्रारुप, २०७१ कहिले स्वीकृत भयो ?
-२०७१ साल असार ३० गते
७. शिक्षा ऐन, २०२८ को कति औँ दफाले दिएको अधिकार प्रयोग गरी शिक्षक सेवा आयोग नियमावली, २०५७ बनाएको हो ?
क्. दफा २२ ख. दफा २५
ग. दफा १९ घ. दफा २३
८. दलित महिलाको लागि कति प्रतिशत पद आरक्षण गरिएको छ ?
क. ३ प्रतिशत ख. ६ प्रतिशत
ग. ७ प्रतिशत घ. १३ प्रतिशत
९. संघको अधिकार कुन अनुसूचीमा उल्लेख गरिएको छ ?
क. अनुसूची ३ ख. अनुसुची ५
ग. अनुसुची ७ घ. सूची ८
१० नेपालका बोलिने सबै मात्रृभाषहर के हुन सक्छन् ?
-राष्ट्रभाषा
११. बालबालिका सम्बन्धी हक कति धारामा छ ?
-धारा ३९
१२. राष्ट्रिय परीक्षा बोर्डमा कति सदस्य रहने व्यवस्था छ ?
क. ७ जना ख. ९ जना
ग ११ जना घ. १३ जना
१३. शिक्षक सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुन नेपाल सरकारको विशिष्ट श्रेणमिा कति वर्ष सेवा गरेको हुनुपर्दछ ?
क. २ वर्ष ख. ३ वर्ष
ग. ५ वर्ष घ. विशिष्ट श्रेणीको अनुभव भएको
१४. जिल्ला शिक्षा समितिको विघटन कसले गर्न सक्दछ ?
क. जिशिका ख. शिक्षा विभाग
ग. शिक्षामन्त्रालय घ. नेपाल सरकार
१५. कुन कुन बिदा आधा दिन पनि लिन सकिन्छ ?
-भैपरी आउने बिदा र पर्व बिदा
१६. आचारसंहिता पालना नभएको भए त्यसको विवरण कहाँ पठाउनुपर्नेछ ?
-सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा
१७. वि.सं. १९९० को एस.एल.सी परीक्षामा ३३ जना सहभागीमध्ये कति जना उत्तीर्ण भएका थिए ?
-१९ जना
१८. विज्ञान विषयमा विद्यावारिधी कहिलेदेखि सुरु भएको हो ?
-वि.सं. २०३३
१९. कहिलेबाट कक्षा १ देखि अङ्ग्रेजी विषय अनिबार्य गरिएको हो ?
-वि.सं. २०६०
२०. वैज्ञानिक व्यवस्थापनको सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति को हुन् ?
– F.W. Taylor
२१. Henry fayol ले व्यवस्थापन कतिवटा principle प्रतिपादन गरेका हुन् ?
-१४ वटा
२२. Good Management means getting effective results with people. यो भनाइ कसको हो ?
Pigots and Myers
२३. Critical Thinking is the ability to reach sound conculusion based on observation and information यो भनाइ कसको हो ?
Richard paul
२४. पेशागत समस्या समाधान गर्न पेशाकर्मी स्वयं नै सक्रिय हुनुपर्ने कार्य कुन हो ?
कार्यमूलक अनुसन्धान
यी पनि हुन् शिक्षक लाईसेन्स परीक्षामा सोधिने नेपाली विषयको केही वस्तुगत प्रश्नहरु
वि.सं.२०७६ असार ८ आइतवार १३:०१ मा प्रकाशित
























