back
CTIZAN AD

नाइजेरियामा बोको हराम समूहमाथि सैनिक कारबाही

वि.सं.२०७६ असार ८ आइतवार

828 

shares

८ असार, अबुजा ।  नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ ।

बहुर्राष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम विरुद्ध संयुक्त कारबाही गरेको थियो । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले बोको हराम लडाकू विरुद्ध जमिन र समुद्रबाट भिषण कारबाही गरिएको जानकारी दिए ।

उक्त सैन्य कारबाही लेक चाडको डोरोन नाइरा द्वीपका साथै नाइजेरियाको उत्तरपूर्वी बोर्नोका क्रस कउवा र बागामा केन्द्रित थियो ।
बहुर्राष्ट्रिय सेनामा नाइजेरिया, चाड, क्यामरुन, नाइजर र बेनिनका सेनाको सहभागिता थियो ।

सैनिक कारबाहीका क्रममा एक जना सेनाको पनि मृत्यु हुनुका साथै दश जना सैनिक घाइते भएका छन् ।भिडन्तमा बोको हरामका दुई वटा बन्दुक–जडित ट्रक र तीन वटा मोटरसाइकल ध्वस्त पारिएका थिए । त्यस्तै, दुई वटा हलुका मेसिन गन र दुई वटा एके–४७ राइफल पनि बरामद भएका छन् ।

बोको हरामले सन् २००९ देखि उत्तरपूर्वी नाइजेरियामा अलग्ग इस्लामिक राज्य स्थापनाका लागि सशस्त्र संघर्ष गरिररहेको छ ।

वि.सं.२०७६ असार ८ आइतवार १२:२८ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...