back
CTIZAN AD

दुई लघुवित्तले आइपिओ खुल्ला गर्दै

वि.सं.२०७६ असार ८ आइतवार

834 

shares

८ असार । शेयर बजारका लगानीकर्तामा दुई लघुवित्तको पाँच करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) मा लगानीको अवसर खुला हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई सो मात्राको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको कूल ५ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गर्ने भएका हुन्।

भिरकोट १, बयरघारी, स्याङ्जामा केन्द्रीय कार्यालय रहेको बिहिबार बसेको बोर्डको बैठकले आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडलाई ४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ भने घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको हो ।

आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइबिएल एस क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ भने घोडाघोडी लघुवित्त वित्तीय संस्थाले प्रभु क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

संस्थाका अनुसार यहि असारमहिना भित्रै आइपिओ जारी गरिने तयारी छ ।

वि.सं.२०७६ असार ८ आइतवार ११:५६ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

फिनटेक एक्स्पो नेपालको दोस्रो संस्करण आयोजना हुने

काठमाडौं। नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...