
इजरायलमा उपेन्द्र यादव नेतृत्वको नेपाली संघीय समाज ईजरायल र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका प्रवासस्थित संगठन अन्तर्राष्ट्रीय नेपाली समाज ईजरायल बीच एकीकरण भएको छ । नेपालमा पार्टी एकीकरण भएपश्चात नेपाली संघीय समाज ईजरायल र अन्तर्राष्ट्रीय नेपाली समाज ईजरायल बीच एकीकरण भएको हो । प्रवासमा एकीकरण हुनेमा इजरायल पहिलो देश हो ।
जुन १५ का दिन लेबेन्स्की ९९ पार्क अगाडिको नयाँ बिल्डिङको ८ औं तलामा सम्पन्न एतिहासिक एकता कार्यक्रमका अवसरमा दुई पार्टीका भातृसंस्थाबीच एकीकरण गरिएको हो । एकीकरण पश्चात नेपाली समाज (नेसो) इजरायल गठन गरिएको हो । जसको अध्यक्षमा नेपाल तामाङ घेदुङ इजरायलको शैक्षिक बिभाग प्रमुख सुन्दरसिहं लामा तामाङ चयन गरिएका छन् ।
अध्यक्षको जिम्मेवारी पाएका लामाले नेसो रचनात्मक कार्यहरुमा इजरायलबाट प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागी रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले प्रतिबद्धतामा भनेका छन् :
हार्दिक धन्यवाद ज्ञापन गर्दछौ !!!
१५ जुन २०१९ शनिबारका दिन नेपाली सङघीय समाज इजरायल र अन्तरास्ट्रिय नेपाली समाज इजरायल विचको ऐतिहासिक एकता घोषणा संगै नयाँ कार्यकारिणी समितिले पाएको जिम्मेवारीलाई हामीले एउटा सच्चा देशभक्ति नेपाली नागरिकको हैसियतले प्रवासमा रहेर पनि आफ्नो देश र जनता प्रति सदैव समर्पित भई गर्नु पर्ने तमाम हाम्रो कर्तव्य र दायित्वलाई अत्यन्तै महत्वपूर्ण ढङ्गले गहनरुपमा लिएकाछौ |हाम्रो व्यक्तिगत कुनै स्वार्थ छैना |हाम्रो एउटै मात्र साझा स्वार्थ छ त्यो हो, देशमा रहेका सबै खाले विद्यमान असमानता, विभेदहरुको अत्यन्त गर्दै,मुलुकमा दिगोशान्ति र सु-शाशन कायम,सङ्घीयताको विकास,समाबेशी लोकतान्त्रिक गणतन्त्रको रक्षा,पहिचानमा र सामर्थ्यको आधारमा १०+१ प्रदेशहरुको स्थापना, मुलुकमा प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रणाली, साथै जनताको समुन्नत सङघीय समाजवादलाई जनताको घरदैलोमा पुर्याउने महान लक्ष्य र उदेश्यका लागी हामी अनवरतरुपमा लागी पर्ने प्रण गर्दछौ |
आम नेपाली जनताले दिएको विश्वास र मायालाई सदैव आत्मसाथ गर्दै,आगामी दिनहरुमा अझै तमाम नेपाली जनताको मन जित्न सकरात्मक र रचनात्मक कार्यहरुमा प्रवास भुमि इजरायल बाट हाम्रो प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागी रहनेछ भनि विश्वाश दिलाउनका साथै प्रतिबद्धता जाहेर गर्न चाहन्छौ |
हामीलाई देश तथा विदेश मार्फत प्रवासकर्म भुमि इजरायल बाट संचारको विभिन्न माध्ययमबाट बधाई,शुभकामना र सुभेच्छा व्यक्त गर्नु हुने सम्पूर्ण राजनीतिक,सामाजिक,धार्मिक संगठन,संघ र संस्थाहरु एवं विभिन्न संचारकर्मी बन्धुहरु,ईस्टमित्र,साथीभाईहरु,आदरणीय पार्टीका अग्रज नेता ज्युहरुमा हामी हाम्रो प्रवास संगठन नेपाली समाज(नेसो) इजरायल परिवार अन्तर ह्रदय देखि नै हार्दिक धन्यवाद ज्ञापन सहित हार्दिक आभार व्यक्त गर्दछौ |धन्यबाद |
समस्त महानुभावहरुलाई जुझारु सङघीय न्यानो अभिवादन !
जय जनता !
जय नेपाली !!
सुन्दरसिहं लामा तामाङ
( अध्यक्ष)
तथा
नेपाली समाज(नेसो) इजरायल
वि.सं.२०७६ असार ८ आइतवार १४:३८ मा प्रकाशित


























