back

सोलिडारिटी फेस्टिभलमा मिस मंगोल

वि.सं.२०७६ असार ८ आइतवार

672 

shares


अशोकप्यासी राई

विश्वका विभिन्न मुलुकबीच मौलिक संस्कृती एवं संगीत आदनप्रदान गर्न फ्रान्समा आयोजित ‘इन्टरनेशनल सोलिडारिटी फेस्टिभल–२०१९’मा मिस मंगोल नेपाल जाङमु इन शेर्पाले नेपालको प्रतिनिधित्व गरेकी छन् । महोत्सवमा फ्रान्स, पोल्याण्ड, रोमानिया, युक्रेन, कोलम्बिया, स्पेन, नेपाललगायत विभिन्न मुलुक सहभागी थिए । ‘महोत्सवमा नेपालको प्रस्तुतीलाई विश्वभरका सहभागीले प्रशंसा गरेको छ’, जाङमुले भनिन्, ‘यो मेरो लागिमात्र नभएर नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’

जुन १४ देखि २१ सम्म फ्रान्सको टौलसमा भएको महोत्सवमा जाङमुले गुरुङ जातिको मौलिक पहिरनमा ‘सुन्दर मेरो देश’ बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेकी थिइन् । दिवस गिरीको कोरियोग्राफीमा नृत्य गरेकी उनलाई विश्वमा अन्य मुलुकका सहभागीले प्रशंसा गरेका थिए । दिवस नेपालमा चिनिएका कोरियोग्राफर हुन् । उनले बुगीवुगी, छमछमीजस्ता चर्चित डान्स रियालिटी सोमा कोरियोग्राफी गरीसकेका छन् । ‘देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउँदा गौरव महसुस भएको छ’, जाङमुले भनिन् ।

मिस मंगोल नेपाल–२०१८ को उपाधि जितेपछि जाङमु सामाजिक काममा पनि व्यस्त छिन् । फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पासंग सहकार्य गरी मिस मंगोल छात्रवृत्ति कोष स्थापना गरेर आर्थिक अभावले विद्यालय जान नपाएका असहाय बालबालिकाको शिक्षाका लागि उनी काम गरीरहेकी छन् । इन्टरनेशनल सोलिडारिटी फेस्टिभलका साथै युरोपका विभिन्न मुलुकमा कोषको सहयोगार्थ आयोजना हुने विभिन्न कार्यक्रममा पनि उनी सहभागी हुने छिन् । फ्रान्सपछि जुन २२ देखि २४ सम्म पोर्चुगल, जुन २५ देखि २९ सम्म बेल्जियमका विभिन्न शहरमा मिस मंगोल छात्रवृत्ति कोषका लागि आयोजित कार्यक्रममा उनी सहभागी हुने छिन् ।

वि.सं.२०७६ असार ८ आइतवार १७:१० मा प्रकाशित

Himalayan Life AD
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...