back
CTIZAN AD

सोलिडारिटी फेस्टिभलमा मिस मंगोल

वि.सं.२०७६ असार ८ आइतवार

882 

shares


अशोकप्यासी राई

विश्वका विभिन्न मुलुकबीच मौलिक संस्कृती एवं संगीत आदनप्रदान गर्न फ्रान्समा आयोजित ‘इन्टरनेशनल सोलिडारिटी फेस्टिभल–२०१९’मा मिस मंगोल नेपाल जाङमु इन शेर्पाले नेपालको प्रतिनिधित्व गरेकी छन् । महोत्सवमा फ्रान्स, पोल्याण्ड, रोमानिया, युक्रेन, कोलम्बिया, स्पेन, नेपाललगायत विभिन्न मुलुक सहभागी थिए । ‘महोत्सवमा नेपालको प्रस्तुतीलाई विश्वभरका सहभागीले प्रशंसा गरेको छ’, जाङमुले भनिन्, ‘यो मेरो लागिमात्र नभएर नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’

जुन १४ देखि २१ सम्म फ्रान्सको टौलसमा भएको महोत्सवमा जाङमुले गुरुङ जातिको मौलिक पहिरनमा ‘सुन्दर मेरो देश’ बोलको राष्ट्रिय भावको गीतमा नृत्य गरेकी थिइन् । दिवस गिरीको कोरियोग्राफीमा नृत्य गरेकी उनलाई विश्वमा अन्य मुलुकका सहभागीले प्रशंसा गरेका थिए । दिवस नेपालमा चिनिएका कोरियोग्राफर हुन् । उनले बुगीवुगी, छमछमीजस्ता चर्चित डान्स रियालिटी सोमा कोरियोग्राफी गरीसकेका छन् । ‘देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउँदा गौरव महसुस भएको छ’, जाङमुले भनिन् ।

मिस मंगोल नेपाल–२०१८ को उपाधि जितेपछि जाङमु सामाजिक काममा पनि व्यस्त छिन् । फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पासंग सहकार्य गरी मिस मंगोल छात्रवृत्ति कोष स्थापना गरेर आर्थिक अभावले विद्यालय जान नपाएका असहाय बालबालिकाको शिक्षाका लागि उनी काम गरीरहेकी छन् । इन्टरनेशनल सोलिडारिटी फेस्टिभलका साथै युरोपका विभिन्न मुलुकमा कोषको सहयोगार्थ आयोजना हुने विभिन्न कार्यक्रममा पनि उनी सहभागी हुने छिन् । फ्रान्सपछि जुन २२ देखि २४ सम्म पोर्चुगल, जुन २५ देखि २९ सम्म बेल्जियमका विभिन्न शहरमा मिस मंगोल छात्रवृत्ति कोषका लागि आयोजित कार्यक्रममा उनी सहभागी हुने छिन् ।

वि.सं.२०७६ असार ८ आइतवार १७:१० मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...