Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

आगामी वर्ष बडादसैँअघि मेलम्चीकोे पानी आउने, ९५ प्रतिशत काम सम्पन्न



३ मंसीर, काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

व्यवस्थापिका–संसद्, विकास समितिले विहिबार केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको अनुगमनमा यस्तो तथ्याङ्क पाइएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याइरहेको पाइप र पानीपोखरी निर्माणको पनि समितिले आजै स्थलगत अनुगमन ग¥यो ।

समितिका सभापति रवीन्द्र अधिकारी नेतृत्वको टोलीलाई प्रशोधन केन्द्र निर्माणको जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आठ करोड ५० लाख लि पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “फागुनसम्ममा केन्द्र निर्माण सक्छौँ, अर्को आठ करोड ५० लाख लिटर पानी संशोधन केन्द्र निर्माण आगामी पुसदेखि सुरु गर्छौं, त्यसका लागि टेन्डर आह्वान भएको छ”, उहाँले भन्नुभयो ।

निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याउनुपर्ने ६७० किमी पाइपलाइनमध्ये ४१९ किमीको काम सम्पन्न भएको आयोजना निर्देशक टिरेसप्रसाद खत्रीले बताउनुभयो । “विसं २०७४ असोजअघि नै पाइपलाइन बिछ्याउने र उपत्यकामा नौ वटा पानीपोखरी निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । व्यस्त सडकमा पाइपलाइन बिछ्याउन समस्या भएको छ”, उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोक, हेलम्बु गाविसस्थित मेलम्ची खोलाबाट २७ किमी सुरुङमार्ग हुँदै दैनिक १७ करोड लि पानी उपत्यकामा ल्याउने सरकारको योजना छ । हालसम्म २१ दशमलव १९४ किमी सुरुङ निर्माण भइसकेको र ६ दशमलव ३९ किमी निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ । विसं २०७४ को बडादसैँअघि नै मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने आयोजनाको लक्ष्य छ ।


-->

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी