back
CTIZAN AD

आगामी वर्ष बडादसैँअघि मेलम्चीकोे पानी आउने, ९५ प्रतिशत काम सम्पन्न

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

828 

shares

३ मंसीर, काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ ।

व्यवस्थापिका–संसद्, विकास समितिले विहिबार केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको अनुगमनमा यस्तो तथ्याङ्क पाइएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याइरहेको पाइप र पानीपोखरी निर्माणको पनि समितिले आजै स्थलगत अनुगमन ग¥यो ।

समितिका सभापति रवीन्द्र अधिकारी नेतृत्वको टोलीलाई प्रशोधन केन्द्र निर्माणको जानकारी दिँदै मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले आठ करोड ५० लाख लि पानी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “फागुनसम्ममा केन्द्र निर्माण सक्छौँ, अर्को आठ करोड ५० लाख लिटर पानी संशोधन केन्द्र निर्माण आगामी पुसदेखि सुरु गर्छौं, त्यसका लागि टेन्डर आह्वान भएको छ”, उहाँले भन्नुभयो ।

निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याउनुपर्ने ६७० किमी पाइपलाइनमध्ये ४१९ किमीको काम सम्पन्न भएको आयोजना निर्देशक टिरेसप्रसाद खत्रीले बताउनुभयो । “विसं २०७४ असोजअघि नै पाइपलाइन बिछ्याउने र उपत्यकामा नौ वटा पानीपोखरी निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । व्यस्त सडकमा पाइपलाइन बिछ्याउन समस्या भएको छ”, उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोक, हेलम्बु गाविसस्थित मेलम्ची खोलाबाट २७ किमी सुरुङमार्ग हुँदै दैनिक १७ करोड लि पानी उपत्यकामा ल्याउने सरकारको योजना छ । हालसम्म २१ दशमलव १९४ किमी सुरुङ निर्माण भइसकेको र ६ दशमलव ३९ किमी निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ । विसं २०७४ को बडादसैँअघि नै मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने आयोजनाको लक्ष्य छ ।

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:१९ मा प्रकाशित

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...