back
CTIZAN AD

दश वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने कृर्षि मन्त्रीको दावी

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

906 

shares

३ मंसीर, चन्द्रौटा (कपिलवस्तु) । कृषिमन्त्री गौरीशङ्कर चौधरीले आगामी दस बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने बताउनुभएको छ ।

‘चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३’ को विहिबार कपिलवस्तुको चन्द्रौटामा उद्घाटन गर्दै उहाँले भन्नुभयो – कृषि क्षेत्रको विकास एवम् उन्नयनका लागि सरकारले बिभिन्न महत्वपूर्ण कार्ययोजना बनाएर काम गर्न सुरु गरेकाले अगामी दस बर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनेछ ।

मन्त्री चौधरीले हालै मात्र सरकारले प्रत्येक प्रदेशमा ‘सुपर जोन’ कृषि कार्यक्रम गर्ने निर्णय गरेको उल्लेखगर्दै यसले आधुनिक कृषि प्रणालीको विकासमा सहयोग पुरियाउने र कृषि उत्पादनमा समेत उल्लेखनीय वृद्धि हुने बताउनुभयो ।

कृषि र सिँचाइ मन्त्रालय अलगअलग भएकाले काम गर्न केही अप्ठ्यारो भएको बताउँदै उहाँले कृषि र सिँचाइसम्बन्धी काम एउटै मन्त्रालयबाट हुनसके सिँचाइ र कृषिसम्बन्धी समस्या समाधान हुनेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले कपिलवस्तु धान र गहँु उत्पादनमा सक्षम जिल्ला भएको भन्दै स्थानीयस्तरमा चिस्यान केन्द्र स्थापना गर्न चाहने कृषकका लागि सरकारले पाँच वर्षसम्मका लागि निव्र्याजमा ऋण उपलब्ध गराउने नीति लिएको बताउनुभयो ।

स्थानीय, प्रदेशीय र संसदीय निर्वाचन सम्पन्न गर्नका लागि सबै असन्तुष्ट पक्षलाई मिलाउनुको विकल्प नभएको भन्दै उहाँले संविधान संशोधन हुन आवश्यक भएको पनि बताउनुभयो ।

कपिलवस्तको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र यस क्षेत्रका धार्मिक पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यले कपिलवस्तुको चन्द्रौटामा आजदेखि सुरु भएको उक्त महोत्सव मङ्सिर १२ गतेसम्म सञ्चालन हुने छ ।

‘कृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । स्थानीय तहमा उत्पादन भएका कृषिजन्यवस्तु तरकारी, फलफूल, माछा लगायतका व्यवसायलाई मुख्य सहुलियतकासाथ कक्ष उपलब्ध गराएको आयोजकले जनाइएको छ ।

स्थानीय कृषकले उत्पादन गरेका वस्तु, हस्तकला, कुटीर उद्योग, व्यापार व्यवसाय, महिला उद्यमको बजारीकरण, विकास र प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित सुरु भएको उक्त महोत्सवमा विद्यालयका बालबालिका र शिक्षकद्वारा निर्मित शैक्षिक प्रदर्शनी तथा शैैक्षिक परामर्श पनि दर्शकका लागि आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

यसैगरी महोत्सवमा बालउद्यान, झुला, मौतका कुँवा, रोटेपिङ लगायतका अधिकांश नयाँ मनोरञ्जका सामग्री सञ्चालनमा ल्याइएको छ ।

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:२० मा प्रकाशित

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...