back
CTIZAN AD

अनन्तलिङ्गेश्वर मन्दिरको पुनःनिर्माण सुरु

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

1.4K 

shares

३ मंसीर, भक्तपुर । भूकम्पबाट क्षति भएका अनन्तलिङ्गेश्वर नगरपालिका–४ दधिकोटस्थित लिच्छविकालीन मन्दिरको पुनःनिर्माण विहिबारदेखि सुरु भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका उक्त मन्दिर कुल रु एक करोड ६३ लाख ४९ हजारको लागतमा पुनःनिर्माण हुन लागेको हो । सांसद एवम् पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र पूर्वउद्योगमन्त्री महेश बस्नेतले विहिबार संयुक्त रुपमा उक्त मन्दिर पुनःनिर्माणको शिलान्यास गर्नुभयो ।

सो अवसरमा सांसद पोखरेलले हिन्दू दर्शन र हिन्दू धर्मको उद्गम स्थल नेपाल भएकाले यहाँका धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं लिच्छविकालीन मन्दिर र मन्दिर वरपर निर्माण गर्न लागिएको योजना सम्पन्न गर्न आफूले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वउद्योगमन्त्री बस्नेतले भक्तपुरका धेरै क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएका र यहाँ महत्वपूर्ण धार्मिकस्थल भएकाले भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी विकास गर्नुपर्ने बताउनुभयो ।

इस्वी संवत् ६५० वर्षअघि नै पत्ता लागेको र सातौँ शताब्दीको लिच्छविकालीन अनन्तलिङ्गेश्वर मन्दिर पुनःनिर्माणका लागि पर्यटन मन्त्रालयमार्फत पुरातत्व विभागले चालु आवमा रु एक करोड रकम विनियोजन गरिएको राष्ट्रिय कला सङ्ग्रहालय एवम् अनन्तलिङ्गेश्वर मन्दिर निर्माण परियोजनाका प्रमुख सरस्वती सिंहले बताउनुभयो । पुनःनिर्माणका लागि रकम अपुग भए नपुग रकम थप गरी ०७४ माघभित्रमा प्यागोडा शैलीमा दुईतले मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सिंहले बताउनुभयो ।

इस्वी संवत् ६५० मा राजा नरेन्द्र देवले उक्त मन्दिर जीर्णोद्धार गरिएको उल्लेख भएको बताउँदै अनन्तलिङ्गेश्वर मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष शालिकराम न्यौपानेले पुरातत्व विभागको मापदण्डअनुरुप नै यसको पुनःनिर्माण हुन लागेको जानकारी दिनुभयो ।

विसं १९९० को भूकम्पले भत्किएपछि गुमुज शैलीमा निर्माण भएको उक्त मन्दिर गत वर्षको भूकम्पले पुनः भत्काएपछि अब १०९० सालभन्दा अगाडिकै स्वरुपमा पुनःनिर्माण हुने भएको समितिका सदस्य बच्चेबहादुर गिरीले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा कुल रु आठ करोडको लागतमा धर्मशाला, अतिथि भवन, पिकनिक स्पोर्ट, बहुउपयोगी भवन र हरित गृहलगायत यसको पुनःनिर्माण गुरुयोजना तयार गरिएको जनाएको छ । पुरातत्वले मूल मन्दिर बनाएसँगै गुरुयोजनाअनुसारको संरचना निर्माणका लागि भने दाताको खोजी भइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०३:२४ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...