Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

अनन्तलिङ्गेश्वर मन्दिरको पुनःनिर्माण सुरु



३ मंसीर, भक्तपुर । भूकम्पबाट क्षति भएका अनन्तलिङ्गेश्वर नगरपालिका–४ दधिकोटस्थित लिच्छविकालीन मन्दिरको पुनःनिर्माण विहिबारदेखि सुरु भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका उक्त मन्दिर कुल रु एक करोड ६३ लाख ४९ हजारको लागतमा पुनःनिर्माण हुन लागेको हो । सांसद एवम् पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र पूर्वउद्योगमन्त्री महेश बस्नेतले विहिबार संयुक्त रुपमा उक्त मन्दिर पुनःनिर्माणको शिलान्यास गर्नुभयो ।

सो अवसरमा सांसद पोखरेलले हिन्दू दर्शन र हिन्दू धर्मको उद्गम स्थल नेपाल भएकाले यहाँका धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं लिच्छविकालीन मन्दिर र मन्दिर वरपर निर्माण गर्न लागिएको योजना सम्पन्न गर्न आफूले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वउद्योगमन्त्री बस्नेतले भक्तपुरका धेरै क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत भएका र यहाँ महत्वपूर्ण धार्मिकस्थल भएकाले भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी विकास गर्नुपर्ने बताउनुभयो ।

इस्वी संवत् ६५० वर्षअघि नै पत्ता लागेको र सातौँ शताब्दीको लिच्छविकालीन अनन्तलिङ्गेश्वर मन्दिर पुनःनिर्माणका लागि पर्यटन मन्त्रालयमार्फत पुरातत्व विभागले चालु आवमा रु एक करोड रकम विनियोजन गरिएको राष्ट्रिय कला सङ्ग्रहालय एवम् अनन्तलिङ्गेश्वर मन्दिर निर्माण परियोजनाका प्रमुख सरस्वती सिंहले बताउनुभयो । पुनःनिर्माणका लागि रकम अपुग भए नपुग रकम थप गरी ०७४ माघभित्रमा प्यागोडा शैलीमा दुईतले मन्दिर निर्माण सम्पन्न गर्ने योजना रहेको सिंहले बताउनुभयो ।

इस्वी संवत् ६५० मा राजा नरेन्द्र देवले उक्त मन्दिर जीर्णोद्धार गरिएको उल्लेख भएको बताउँदै अनन्तलिङ्गेश्वर मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष शालिकराम न्यौपानेले पुरातत्व विभागको मापदण्डअनुरुप नै यसको पुनःनिर्माण हुन लागेको जानकारी दिनुभयो ।

विसं १९९० को भूकम्पले भत्किएपछि गुमुज शैलीमा निर्माण भएको उक्त मन्दिर गत वर्षको भूकम्पले पुनः भत्काएपछि अब १०९० सालभन्दा अगाडिकै स्वरुपमा पुनःनिर्माण हुने भएको समितिका सदस्य बच्चेबहादुर गिरीले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा कुल रु आठ करोडको लागतमा धर्मशाला, अतिथि भवन, पिकनिक स्पोर्ट, बहुउपयोगी भवन र हरित गृहलगायत यसको पुनःनिर्माण गुरुयोजना तयार गरिएको जनाएको छ । पुरातत्वले मूल मन्दिर बनाएसँगै गुरुयोजनाअनुसारको संरचना निर्माणका लागि भने दाताको खोजी भइरहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन