back
CTIZAN AD

४० वर्ष पुग्नु भयो ? त्यसो भए यसो गर्नुस्

वि.सं.२०७६ असार ९ सोमवार

735 

shares

 

तपाईको उमेर ४० पुगिसकेको छ भने यी कुराहरुमा ध्यान दिनुहोस् । अझ त्यसमा उमेर बढ्दै जाँदा विशेष गरी महिलाहरुमा मोटोपन पनि बढ्दै जान्छ । त्यसैले पनि आफ्नो गतिबिधि तथा खानपान र बानी, हर्मोनमा आउने परिवर्तन र तपाईको शरीरले बोसो कसरी स्टोर गर्छ र मोटोपन बढाउन कसरी भूमिका खेल्छ भन्ने विषयमा जान्न जरुरी छ । आउनुहोस् जानौ मोटोपन कसरी घटाउने अनि स्वस्थ्य कसरी रहने भन्ने बारेमा ।


स्वस्थ्य खानपानमा ध्यान दिनहोस् – खाना खाँदा स्वस्थ्यवद्र्धक खानामै जोड दिनुहोस् । खानामा तारेको, चिल्लो, घिउँ वा धेरै तेलमा पकाएको खानामा जोड नदिनुहोस् । ग्रील गरेको या उमालेको खानामा बढी जोड दिनहोस् । ख्याल गर्नुहोस् कि, रेष्टुरेण्टमा स्वादको लागि मिठो खाना खानुभन्दा आफै घरमा बनाएको शुद्ध तथा साहाकारी खानामा जोड दिनुहोस् ।


फलफूल र तरकारीमा जोड दिनुहोस्–प्रत्येकपटकको खानामा आधा अन्न र आधा तरकारीमा जोड दिनुहोस् । यसमा डेरी उत्पादन, मासु र अन्न भन्दा बढी पोषकतत्व हुन्छ । यस्तो खानाले कम बोसो लाग्नुका साथै क्यालोरी प्रदान गर्छ । साथै यसले पेट भरिएको महसुस हुने र छिटो भोक लाग्नबाट बचाउँछ । साथै स्याउ लगायतका फलफूल खानामा अधिक मात्रामा समावेश गर्न जरुरी हुन्छ ।


बेलुकाको खाना कम खानुहोस्–यदि तपाई दिउसो तीन बजेभन्दा पहिले खानामा दिनहुँजसो क्यालोरी लिनुभएको छ भने सजिलै आफ्नो मोटोपन घटाउन सक्नुहुन्छ । तर तपाईलाई यो थाहा हुन जरुरी छ कि यस्तो खाना कतिखेर खाने अनि कतिखेर नखाने भन्ने ।


कोल्ड ड्रिंक्समा बढी जोड नदिनुहोस्-यदि तपाई चिनीयुक्त कफि, चिया, कोक, फेन्टा, इनर्जी ड्रिंक्स लगयतका पेय पदार्थमा जोड दिनुहुन्छ भने त्यसलाई घटाई हाल्नुस् । यसले तपाईमा मोटोपन बढाउन तथा डाइविटिजको खतरा बढाउन सक्छ । त्यसकारण यसको सट्टा सफा पिउने पानीमै जोड दिनुहोस् ।


चिन्ता नलिनुहोस्–भनिन्छ चिन्ताले चितामा पुर्याउँछ । त्यसकारण सक्नुहुन्छ भने चिन्ता नगर्नुहोस् । चिन्ताका कारण तपाईको मन अस्वस्थ्यकर खानातिर तानिन्छ । त्यसकारण मनमा भय र चिन्ता हटाउनका लागि योग गर्नुहोस्, गहिरो सास लिनुहोस्, ध्यानमा मग्न हुनुहोस्, कतै हिँडडुल गर्नु अथवा राम्रो किताव पढ्नुहोस् । तनावबाट राहत पाउनका लागि हरेक मानिसहरु फरक उपाय अपनाउछन् । तपाईका लागि के उपाय लगाउँदा तनाव कम हुन्छ त्यहि उपाय अपनाउनुहोस् ।


व्यायामको लागि समय निकाल्नुहोस्– अफिसको काम, यात्रा तथा परिवारको गतिबिधिमा ध्यान दिनुपर्ने हुनाले ४० वर्ष उमेरपछि बाहिर निस्कन गाह्रो पर्छ । तर, स्वस्थ्य रहनका लागि बिहानको मर्निङ वाल्कका लागि केही समय अवस्य निकाल्नुहोस् । जसले शारीरिक गतिबिधि बढ्ने र तपाईको स्वास्थ्य पनि फिट राख्दछ ।

यी कुरामा ख्याल राख्नुहोस्–यदि तपाई काम र बालबालिकाको ध्यानमा व्यस्त हुनुभयो भने काम गर्दा गर्दै धेरै प्रकारका खानेकुरा खाएको ख्याल हुँदैन । यसले मोटोपन बढाउँदै लैजान्छ । खाना खाने समयमा आनन्दसँग बस्नुहोस् । के खाइरहेको छु भन्ने ख्याल गर्नुहोस् । खानामा ध्यान दिनुहोस् । खाना खाने समयमा टिवी, मोबाइल भन्दा पनि आफ्नो प्लेटमा ध्यान दिनुहोस् अनि के खाइरहेको छु भनेर ख्याल गर्नुहोस् र त्यसको स्वाद पनि लिनुहोस् ।

वि.सं.२०७६ असार ९ सोमवार १३:४२ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...