back

मल्लकालीन निरौली दरबार जीर्ण हुँदै

वि.सं.२०७६ असार १९ बिहीवार

498 

shares
GLOBAL IME AD
NTC AD

१९ असार, डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका–६ निरौलीस्थित पुरातात्विक महत्व बोकेका मल्लकालीन निरौली दरबार जीर्ण हुँदै गएको छ ।

पर्यटकीय सम्भावना बोकेको सो दरबार उचित संरक्षण तथा सम्वद्र्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको हो । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका र पर्यटकीय हिसाबमा उच्च सम्भावना बोकेका सो मल्लकालीन दरबारको उचित संरक्षण र सम्वद्र्धन नहुँदा भत्किएर जीर्ण बन्दै गएको निरौली बसोटीका स्थानीयवासी खड्कबहादुर बोहराले बताए । उनले भने, “पुरानो कलात्मक शैलीका सो दरबार संरक्षण नहुँदा भत्किँदै गएको छ, यसको संरक्षण गर्नु जरुरी छ ।”

स्थानीय जनताबाट सङ्कलन गरिएको मास पिसी गारो बनाएको र त्यसै गारोबाट नौ तल्ले दरबार निर्माण भएको निरौलीका अर्का स्थानीवासी हेम हमालले बताए । तत्कालीन मल्लराजा निरैपालले आफ्नो शासनकालमा निर्माण गरिएको उक्त दरबार नाघी मल्लराजाको शासन कालपछि खाली भएको इतिहास छ । त्यही निरैपाल राजाका नामबाट पछि गएर सो ठाउँलाई निरौली नामकरण गरिएको किंवदन्ती रहेको जोरायल गाउँपालिका– ५ गड्सेराका स्थानीयवासी ९० वर्षीय जीतबहादुर विष्टले बताए । उनले भने “यस्तो ऐतिहासिक र पुरातात्विक महत्वका दरबारको संरक्षणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्छ ।”

राजा नाघी मल्ल र सोही ठाउँमा रहेका भागेश्वर देवताबीच को ठूलो भन्ने विषयमा घम्साघम्सी (भनाभन) चलेको कथन थियो । राजाले आफू ठूलो भएको जिकिर गरेपछि भागेश्वर देवताले उनको दरबारलगायत अन्य बस्तुभाउ सबैलाई कम्पन गराई छलदेखाएपछि राजाले भागेश्वर देवतासँग माफी मागेर तपाई नै ठूलो हो भनी पूजा गर्न थालेको डोटेली चैत (धुमारी) मा उल्लेख गरिएको जोरायल गाउँपालिका– ६ निरौलीका ८० वर्षीय नरबहादुर बोहराले बताए । उनले भने, “नाघी मल्ल राजा र भागेश्वर देवताबीच भएको को ठूलो भन्ने विवादको कहानीमा बनाइएको धुमारी अहिले पनि हामी गौरा पर्वको बेलामा धुमारी अर्थात् डेउडा खेल्छौँ, जो आफैँमा अति रोमाञ्चक र सुनौँसुनाँै लाग्छ ।” भग्नावशेका रुपमा परिणत हँुदै गएको उक्त दरबारको माथिल्लो तलामा गएर हेदा सर्प (नाग) देखापर्ने गरेको र दरबारमा बहुमूल्य सम्पत्ति हुन सक्ने अनुमान छ । दरबारमा भएको सर्पको डरका कारण कसैले पनि उत्खनन गर्ने आँटसमेत नगरेको स्थानीयवासी नवराज भण्डारीले बताए ।

निरौली गाउँको माथि अग्लो रमणीय डाँडामा रहेको उक्त दरबारको समयमै उचित संरक्षण तथा सम्र्वद्धन गरिए त्यहाँको ऐतिहासिक र पर्यटकीय विकास हुने स्थानयवासी बताउँछन् ।

निरौली दरबारको संरक्षणका लागि गाउँपालिकाले पहल चाल्ने तथा केही समयभित्रमै विज्ञको रायसुझाव र सल्लाहका आधारमा उत्खनन तथा संरक्षण गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “हामी विज्ञ टोली तथा स्थानीय बुढापाकासँग राय सुझाव लिइरहेका छौँ, सबैको सल्लाह र सुझावमा दरबारको उचित संरक्षण तथा सम्र्वद्धन गरिने छ ।”

यतिमात्र नभई उक्त क्षेत्रमा तत्कालीन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (नाउला, कुवा) पनि जीर्ण बन्दै गएका छन् । त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिका र्बैछनस्थित रिसेडी दरबारबाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बीच बाटोमा रहेको घोडालाई दाना पानी दिने ढुङ्गा तथा फलामका तोपडा पनि संरक्षण नहँुदा जीर्ण हुन थालेका छन् । यहाँका प्रसिद्ध पर्ब गौरामा पनि राजा नाघी मल्ल तथा भागेश्वर देवताका बारेमा रचिएका गीत (चैत, धुमारी) गाउँने चलन अझै रहेको जोरयाल गाउँपालिका– ५ गड्सेराका समाजसेवी डिल्लीराज जोशीले बताए ।

उहाँले भन्नुभयो, “आँखै अगाडि देखिने महत्वपूर्ण दरबार त संरक्षण नहँुदा दिनानुदिन लोप हुँदैछ, चैत, धुमारी पनि लोप नहोला भन्न सकिन्न ।” पुरातात्विक महत्व बोकेका यहाँको मल्लकालीन दरबारको संरक्षण तथा सम्वद्र्धन गरिदिन स्थानीयवासीले सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

वि.सं.२०७६ असार १९ बिहीवार १७:२२ मा प्रकाशित

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु...

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धवलागिरि (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा...

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

पच्चीस करोडभन्दा बढी विदेशी मुद्रा बरामद

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।...

बीस करोड बढी रकमसहित एकजना पक्राउ

बीस करोड बढी रकमसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले रु २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ...