रोशन शर्मा
१९ असार । एकै ब्याक्तीको नाममा रहेको एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर ट्रान्सफर गर्ने प्रकृयालाई BO to BO Transfer भनिन्छ। यसको लागी सर्वप्रथम तल दिईएको फर्म भर्नु पर्दछ। जसमा सेयर रहेको खाता नं, सार्नु पर्ने खाता नं , खातावालको नाम, नागरिकताको बिवरण, पारिवारिक बिवरण,सार्नु पर्ने सेयरको नाम तथा सँख्या लगायत स्पष्टसँग खुलाएर नागरिकताको प्रतिलिपी समेत संलग्न गरी सेयर रहेको डिपीमा गई बुझाउनु पर्दछ ।
तत्पश्चात त्यहाँबाट TRADE ID Generate गरी दस्तखत र छाप लगाई Transfar को लागी अनुमती दिन्छ। त्यसपछी उक्त फर्म लिएर पुतलिसडक स्थित सेयर मार्केट कम्प्लेक्समा रहेको CDS and Clearing Ltd. मा गई रु.१०० को रसिद काटी फर्म बुझाए पछी आफुले चाहेको डिपीमा सेयर स्थानान्तरण कार्य सम्पन्न हुन्छ।
वि.सं.२०७६ असार १९ बिहीवार १६:५१ मा प्रकाशित




























