back
CTIZAN AD

हरहर महादेव, पानी देऊदेऊ

वि.सं.२०७६ असार २२ आइतवार

1.1K 

shares

२२ असार, काभ्रेपलाञ्चोक । गाउँमा पानीको हाहाकार भएपछि तेमाल गाउँपालिका–५ सस्र्यूंखर्कका बासिन्दाले रुद्री तथा क्षमापूजा गरी शनिबार पानी मागेका छन् । उनीहरुले एक लाख पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेख्दै कोशीदेखास्थित सुनकोशी नदीमा बगाएका छन् ।

वर्षा नभएर खेतबारी बाँझै भएको तथा मूल सुक्दै जाँदा खानेपानीको हाहाकार भएपछि धार्मिक मान्यताअनुसार रुद्रीपूजा र क्षमापूजा गरी महादेवसँग पानी मागिएको स्थानीय प्रविन अधिकारीले बताए । उनले भने, “यस भेगमा वर्षा नभएर पानीको हाहाकार हुँदा यसैगरी भगवान्सँग पानी माग्ने चलन रहेछ, शनिबार पनि सोहीअनुसार रीतपूर्वक पूजा गरी पानी मागेका हौँ ।”

स्थानीयवासीबाट केही गल्ती भएमा भगवान् रिसाएर वर्षा नहुने मान्यताअनुसार ‘क्षमापूजा’ गरी पानी मागिएको शिक्षक विष्णुहरि बडालले बताए । “वृद्धवृद्धाका अनुसार क्षमापूजा गरेपछि वर्षा भई बाली लगाउने गरिँदै आइएको रहेछ, उनीहरुकै सुझावमा रुद्री र क्षमापूजा गरी महादेवसँग पानी मागेका हौँ”, उनले भने ।

बडालका अनुसार असार लाग्दैगर्दा मनसुन शुरु भए पनि वर्षा नहँुदा तेमाल क्षेत्रका खेतबारी हालसम्म बाँझो छन् । “वैशाख÷जेठमा वर्षा नहुँदा बारीमा मकै छर्न पाइएन भने असारमा वर्षा नहुँदा खेतमा धान रोपाइँ गर्न पाइएको छैन, यस्तो खडेरीमा पानी माग्ने चलन रहेछ, सोहीअनुसार असारो अन्त्यमा पूजा ग¥यौँ”, उनले भने ।

धार्मिक मान्यताअनुसार करीब १०० स्थानीयवासी पूजामा सहभागी थिए । उनीहरुले गाउँमै ७० हजार पिपलको पातमा ‘हरहर महादेव, पानी देऊदेऊ’ र ‘रामराम’ लेखेका थिए भने थप ३० हजार पिपलको पातको व्यवस्था गरी सुनकोशी नदी किनारमा बसेर लेखी सोही नदीमा बगाइएको सामाजिक कार्यकर्ता इन्द्र अधिकारीले जानकारी दिए । एक दशकअघि नमोबुद्ध नगरपालिका भकुण्डेमा वर्षा नहुँदा स्थानीयवासी दाहाल परिवारको अगुवाइमा धार्मिक परम्पराअनुसार नै भ्यागुताको विवाह गरिएको थियो । स्थानीयवासी इन्द्रबहादुर दाहालका अनुसार त्यसताका करीब तीन वर्षदेखि वर्षा नहुँदा भ्यागुताको विवाह गरेपछि वर्षा शुरु भएको थियो । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०९:०२ मा प्रकाशित

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

बाढी प्रभावित जलविद्युत् आयोजना र उद्धार रणनीतिबारे छलफल

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी खोजी तथा...

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...