back
CTIZAN AD

नेपालगञ्जलाई मुलुककै नमूना शहर बनाउने प्रतिबद्धता

वि.सं.२०७६ असार २२ आइतवार

1.2K 

shares

२२ असार, राँझा । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्जलाई मुलुककै नमूना शहर बनाउने बताएका छन् । मुलुककै पुरानो तथा ऐतिहासिक शहरका रुपमा रहेको नेपालगञ्जको समृद्धिका लागि काम शुरु गरिसकेको बताउँदै मन्त्री राईले भने, “जिल्लामा ऐतिहासिक महत्वका भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिइनेछ । निर्वाचनका क्रममा गरेका सबैखाले प्रतिबद्धता पूरा हुनेछन् ।”

गृह जिल्ला बाँकेमा धार्मिक सम्पदाको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री राईले संरचना बनाउने अभियानमा साथ दिन आग्रह गर्दै उनले अब बाँके जिल्ला मुलुककै नमूना जिल्लाका रुपमा स्थापित हुने दाबी गरे ।

मन्त्री राइले नेपालगञ्जमा बहुद्देश्यीय सभाहल निर्माण, राप्ती नदी किनारको सिधनियाँ घाटमा अत्याधुनिक शवदाह गृह निर्माण, बागेश्वरी मन्दिरलाई आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने, नेपालगञ्ज विमानस्थलको स्तरोन्नति, नेपालगञ्ज नगर उज्यालो कार्यक्रम सञ्चालन, महिला डिग्री कलेजको स्थापना र राँझामा अध्याधुनिक धर्मशाला निर्माणका लागि आफूले पहल थालिसकेको जानकारी दिँदै विकास निर्माणमा सबैले सहयोग गर्न आग्रह गरे ।

नेपालगञ्जको विकास निर्माणका काम निर्धारित समयमै पूरा गर्न निर्देशन दिँदै उनले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका सबै विकास निर्माणका काम सन्तोषजनक तरिकाले भइरहेको जानकारी दिए ।

विकासका काममा ढिलासुस्ती र आलटाल गर्ने छुट कसैलाई पनि नरहेकाले सबै जिम्मेवार तरिकाले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने मन्त्री राईको भनाइ थियो । मन्त्री राईले शनिबार भेरी अस्पताल, नेपालगञ्जको जमुनाहास्थित शिव मन्दिर, भज्जुपुर्वाको इदगाह र भवानियापुर नगरसभा हलको निरीक्षण गरेका छन् । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार ०८:५७ मा प्रकाशित

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...