
२२ असार । सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नको लागि योग्य तथा अयोग्य संस्थाहरुको सुची सार्वजनिक गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणको लागी आवेदन दिएका २९० मध्ये ९० योग्य र १३८ संस्था अयोग्य रहेको जनाएको छ।
९९ वटा संस्थाले मलेशिया सरकारबाट प्राप्त मापदण्ड पुरा गरेको र १३८ संस्थाले मापदण्ड पुरा नगरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयबाट खटिएका प्राविधिक सहितको टोलिबाट भएको स्थलगत अनुगमन तथा निरीक्षण प्रतिबेदनको आधारमा बिशेषज्ञ समितिबाट भएको सिफारिस बमोजिम यी संस्थाहरु योग्य र अयोग्य घोषित भएको मन्त्रालयले जनाएको छ।
९९ वटा संस्थाले स्वास्थ्य परिक्षणको योग्यता पाएसँगै अब यी संस्थाहरुले मात्र मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण यसअघि ३७ वटा संंस्थाले मेडिकलको अनुमति पाएका थिए ।
वि.सं.२०७६ असार २२ आइतवार १०:०७ मा प्रकाशित