back

सल्यानमा उत्पादित टिमुर ४० जिल्लामा निर्यात

वि.सं.२०७६ असार २२ आइतवार

915 

shares

२२ असार । सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो ।

जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ ।

विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिरहेको कपुरकोट गाउँपालिका–३ का तिलक शर्माले जानकारी दिए । “हामीले उत्पादन गर्ने विरुवाहरु गुणस्तरीय भएकैले ४० जिल्लाबाट रु तीन लाख बढी विरुवाको माग आएको छ माग अनुसार विरुवा पाउन पनि गाह्रो छ” शर्माले भने ।

उनले उत्पादन गरेका टिमुरका विरुवाहरु सङ्खुवासभादेखि बैतडीसम्मका ४० बढी जिल्लाबाट माग आएपनि मागअनुसारको आपूर्ति गर्न नसकेको बताए । “अहिले मसँग रु एक लाख ५० हजार मात्रै विरुवा छ माग रु तीन लाख छ अन्य विरुवा उत्पादकसँग समन्वय गरेर भएपनि पु¥याउँछु” शर्माले भने ।

टिमुरका प्रति विरुवा ४० का दरले विक्री भइरहेको बताउने शर्माले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । टिमुर तथा फलफुलका विरुवा उत्पादन गर्दै आउनु भएका छत्रेश्वरी गाउँपालिका–२ बुरासेका तेजबहादुर योगीलाई पनि विरुवा पु¥याउन नसकेर हैरानी खेप्नुपरेको छ ।

नर्सरीमा उत्पादन भएका विरुवाहरु मुख्य मौसम नआउँदै विरुवाहरु सकिएपछि गुनासो गर्नेहरुको सङ्ख्या धेरै रहेको छ । “नर्सरीमा रु दुई लाख बढी विरुवाहरु उत्पादन गरेको थिए असारको पहिलो हप्ता नै सकियो अहिले फोन गर्नेहरुको ताँती छ, विरुवा छैन मागअनुसारको पूर्ति हुन सकिरहेको छैन” योगीले भने ।

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा विरुवा उत्पादन गरिने भएकाले पनि माग बढेको उहाँको भनाइ छ । प्रतिविरुवा रु ५० देखि ६० सम्ममा विक्री गर्दै आएका योगीले वार्षिक १० देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । “टिमुरको उमार शक्ति १० देखि १५ प्रतिशत हो तर हामीले ६० देखि ७० प्रतिशतसम्म विरुवा उमारेको छौँ” योगीले भने ।

टिमुरका विरुवाहरु खरिद गर्न ग्राहकरु घरमै आउने भएकाले बजारीकरणको समस्या नभएको बागचौर नगरपालिका–९ का ज्ञानबहादुर डाँगीले भने । “नर्सरीमा उत्पादन गरेको एक लाख ३० हजार विरुवा सबै विक्री भइसकेका छन्” डाँगीले बताए ।

जडिबुटीको रुपमा रहेको टिमुरको मूल्य अत्यधिक भएकाले पनि विरुवाको माग बढिरहेको छ । अहिले दैनिक तीनदेखि चारवटा गाडीबाट टिमुरलगायत विभिन्न फलफुलका विरुवाहरु निर्यात भइरहेका छन् । सुन्तला, जुनार, कागती, टिमुर, तेजपात, ओखर, स्याउलगायतका विरुवाहरु निर्यात भइरहेको छ ।(रासस)

वि.सं.२०७६ असार २२ आइतवार १२:०२ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...