back
CTIZAN AD

साउदी अरबमा २०६ औँ भानु जयन्ती मनाईदै 

वि.सं.२०७६ असार २२ आइतवार

1.2K 

shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टर र साहित्यिक चौतारी शाखा साउदी अरबले सयूक्तरुपमा जुलाई १२ तारिख शुक्रबार राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०६ औं भानु जयन्ती मनाउन गई रहेको छ ।

साउदी अरब रियादको रमाद होटेलको सभाहलमा मध्यन्ह १२।३० बजेबाट कार्यक्रम सुरु हुन गई रहेको छ । कार्यक्रममा उपस्थित भई नेपाली भाषा र साहित्यका बिभुति भानुभक्तको स्मरण र सम्मान गर्न सबैमा कार्यक्रम आयोजक कमिटीले अनुरोध गरेको छ । रोजगारीको सिलसिलामा साउदी अरबमा रही साहित्यमा कलम चलाउदै आएका स्रष्टाहरूबाट गजल ९महफिल० वाचनको समेत कार्यक्रम रहेको साहित्यिक चौतारी शाखा साउदीका अध्यक्ष कविराज शंखरले बताए । सबैमा आफुसँग भएका कथा, कविता, गीत, गजल, निबन्ध तथा अन्य सृजना भएमा सो सहित उपस्थित हुनको लागि च्याप्टरका महासचिव अरुण बेल्बासेले अनुरोध गरेका छन् ।

भाषिक सहजतासहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठनपाठन र संस्कृतिको विकास गर्न तथा सांस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न पु¥याएको योगदानका कारण भानुभक्तलाई नेपाली समाजले सामाजिक अगुवाका रूपमा लिने गरिन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मनुभएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’, ‘रामगीता’ तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।

आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकको रुपमा प्रकाशन गरेर नेपालीहरू बिच प्रचार प्रसार र चिनाएका थिए ।

नेपाली समाजमा एकै पल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्यलगायत विषयलाई समन्वय गरेका आचार्य मूर्धन्य व्यक्तित्व भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदीका अध्यक्ष नमराज लामिछानेले बताए ।

 

वि.सं.२०७६ असार २२ आइतवार १५:०१ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...