back

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठकको उद्घाटन, उद्घाटनमा कसले के भने ?

वि.सं.२०७६ असार २२ आइतवार

786 

shares

 

गैरआवासीय नेपाली संघको सातौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा दोस्रो महिला बैठकको म्यानमारको यान्गोनमा आज औपचारिक उद्घाटन भयो ।

‘नेपालको समृध्दिका  लागि गैरआवासीय नेपालीहरुको भूमिका’ विषयमा केन्द्रित रहने बैठकको म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिम, नेपालका पूर्व परराष्ट्र मन्त्री डा  प्रकाश शरण महत, संघीय संसदका माननीय सदस्य डा सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत तथा संघका संस्थापक महासचिव भीम उदास, संघका अध्यक्ष भवन भट्ट र संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले संयुक्त रुपमा पानसमा बत्ति बालेर गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै म्यानमारका मन्त्री टिनले म्यानमार र नेपाल विकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताए ।  नेपालले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन म्यानमार सरकारको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउँदै म्यानमारका जनता पनि विदेश जाने क्रम बढ्दै गरेको अवस्थामा गैरआवासीय नेपालीहरुको अभियानबाट धेरै कुरा सिक्न सकिने धारणा राखे ।

संघीय संसदका सदस्य माननीय डा सूर्य पाठकले विशेष अतिथिका रुपमा सम्बोधन गर्दै गैरआवासीय नेपालीहरु नेपालको सम्पत्ति भएकाले अव यो समुह नेपालको विकासको साझेदार हुनुपर्ने बताए । गैरआवासीय नेपालीहरुले तपाईहरुका विषयमा कसले के भने भन्ने तिर नलागी संविधानमा के लेखेको छ त्यसलाई हेरेर कार्यान्वयनको प्रतिक्षामा बस्न आग्रह गर्दै संविधानको भावना अनुसारका कानूनहरु बनाउन आफूहरु कटिबध्द भएको विश्वास दिलाए ।

त्यसैगरी अर्का विशेष अतिथि नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले हामीले विदेशमा रहेका नेपाली वा नेपाली मुलका नेपालीहरुलाई नेपालमा अधिकतम अधिकार सहित नेपालसँगको सम्बन्धलाई जोडी राख्नु जरुरी भएको र त्यसले नेपाललाई नै फाइदा हुने हो भन्ने सबैले बुझ्नु जरुरी भएको धारणा राखे ।

म्यानमारका लागि नेपाली राजदुत भीम उदासले म्यानमारमा नेपाली मुलका म्यानमारी नागरिकले  नेपाली भाषा कला संस्कृतिको जसरी जगर्ना गरिरहेका छन् त्यो उदाहरणीय रहेको उल्लेख गर्दै दुई देशका बीचमा धेरै समानताहरु भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण निर्माण गर्नु पर्नेमा जोड दिए ।

संघका अध्यक्ष भवन भट्टले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लागि पर्ने बताए । उनले नेपालको समृध्दिका लागि हामी सबै एकजुट हुनु्को अव अर्को कुनै विकल्प नभएको पनि उल्लेख गरे ।

त्यसैगरी संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यक्ति धनी भए पनि राष्ट्र समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपाल राष्ट्रको समृध्दि मात्रै हाम्रो लक्ष्य हुनुपर्ने बताए ।

हलबाहिर रिवन काटेर र हलभित्र पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रमको सुरुवात म्यानमार र नेपालको राष्ट्रिय गान तथा सांस्कृतिक झलक प्रस्तुतिबाट गरिएको थियो । क्षेत्रीय संयोजक किरण विक्रम थापाले सभापतित्व गरेको उद्घाटन समारोहमा संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा बद्री केसी, सचिव डिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा हेमराज शर्मा लगायत अन्य पदाधिकारी एवं सदस्यर अभियन्ताहरुगरी करिब ३०० को सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संघका एसिया प्यासिफिक उपसंयोजक पारशमणि पोख्रेल र गणेश मिश्रले संयुक्त रुपमा गरेका थिए । शनिबारबाट सुरुभएको क्षेत्रीय बैठकको विभिन्न विषयगत सत्रहरुमा छलफल गरी आवश्यक निर्णय सहित ७ जुलाई आइतबार समापन हुने कार्यक्रम छ ।

वि.सं.२०७६ असार २२ आइतवार १४:०५ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...