back

फेसबुकमार्फत् भिडियो लाइभ गर्नेलाई २१ महिनाको जेल सजाय

वि.सं.२०७६ असार २३ सोमवार

864 

shares

तपाई हामी दिनहुँ फेसबुकमार्फत् भिडियो लाइभ गर्छौ । मनछुने र सन्देशमुलक भिडियो पनि सेयर गछौं । अझ आफू मात्र नभएर साथीहरुलाई पनि सेयर गर्छौ । तर, फेसबुकमार्फत् भिडियो लाइभ गरेकै अभियोगमा एक व्यक्तिलाई २१ महिना जेल सजाय सुनाइएको छ ।
हुन त यो भिडियो आपराधिक गतिबिधिको भएकोले पनि ती व्यक्ति कारबाहीमा परेका हुन् ।

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गत मार्चमा गरिएको आक्रमणमा एक बन्दुकधारीले आक्रमणका क्रममा फेसबुकमार्फत् भिडियो लाइभ गरेका थिए । उक्त भिडियोलाई फिलिप आप्र्स नामका एक व्यक्तिले ३० जाालाई पठाएका थिए । क्राइस्टचर्च जिल्ला अदालतले फिलिप मुस्लिम समुदायप्रति संवेदनाहीन भएको जनाएको छ ।

त्यस्तै जेल सजाय समेत सुनाइएको फिलिपले उक्त भिडियो सेयर गरेकोमा आफूलाई कुनै पश्चताप नभएको अदालतको सुनुवाइका क्रममा बताएका थिए । ४४ वर्षीय व्यवसायी आप्र्सलाई दुई महिना अघि (गत अप्रिल) मा दोषि ठहर गरिएको हो ।

गत मार्चमा अर्ध स्वचालित बन्दुक बोकेका बन्धुकधारीले ५१ जनाको ज्यान जाने गरी आक्रमण गरेका थिए ।

वि.सं.२०७६ असार २३ सोमवार १४:३७ मा प्रकाशित

Himalayan Life AD