back
CTIZAN AD

वेत्रावती मैलुङ स्याफ्रुबेसी मार्गमा राति सवारी साधन नगुडाउन आग्रह

वि.सं.२०७६ असार २४ मंगलवार

1K 

shares

रसुवा, २४ असार । वर्षाका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न वेत्रावती–मैलुङ–स्याफ्रुबेसी राजमार्ग क्षेत्रको भूभागमा रातको समयमा सवारी साधन सञ्चालन नर्गन÷नगराउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

वर्षासँगै आएको भलपानीले नयाँ राजमार्गका ठाउँ ठाउँमा सडक अवरुद्ध गर्न थालेको र मानव बस्ती नभएको क्षेत्रमा राति सवारी साधन गुडाउँदा आकस्मिक रूपमा पर्न सक्ने समस्या हल गर्न गाह्रो पर्ने भएकाले रातको समयमा कुनै पनि सवारी साधन नगुडाउन आग्रह गरिएको प्रजिअ अर्जुन भण्डारीले बताए ।

वेत्रावतीदेखि स्याफ्रुबेशीसम्म २९ किमीमध्ये मैलुङ–स्याफ्रुबेसी खण्डको १७ किमी राजमार्गअन्तर्गतका खोल्सामा पानी परेको बेला भलपानीको बहाव बढी हुने भएकाले सावधानीपूर्वक दिनको समयमा मात्र सवारी साधन गुडाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नयाँ राजमार्गका ठाउँठाउँमा पुल, नाली, टेवापर्खाल, कालोपत्रजस्ता गरी छिट्टै बाह्रै महीना सवारी साधन गुड्ने वातावरण बनाउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक सुधार आयोजनासमक्ष स्थानीय बासिन्दाले आग्रह गरेका छन् । केही दिनअगाडि देखिको वर्षाले अवरुद्ध गरेको मैलुङ–स्याफ्रु खण्डको उक्त सडकमा आएको अवरोध आमाछोदिङ्मो गाउँपालिका–१ को सहयोगमा हटाएको प्रजिअ भण्डारीले जानकारी दिए । मैलुङ खण्डको राजमार्गमा अवरोध हुन थालेपश्चात् अधिकांश सवारी साधनका चालकले वेत्रावती, धुञ्चे हुँदै स्याफ्रुबेसी खण्डको पासाङल्हामु राजमार्ग प्रयोग गर्न थालिसकेको ट्राफिक प्रहरीले जनाएको छ । (रासस)

वि.सं.२०७६ असार २४ मंगलवार ०८:३३ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...