back

आमा र हजुरआमाको हत्या गर्नेलाई जन्मकैद

वि.सं.२०७६ असार २४ मंगलवार

1.2K 

shares

२४ असार, दैलेख । कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए ।

बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसूरमा अदालतले दुई वर्ष कैद र रु २० हजार जरिवाना भएको बताइएको छ ।

दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट सोमबार उक्त फैसला भएको हो ।

मुुलुकी अपराधसंहिता २०७४ को दफा ४१ ९क० तथा दफा १७७ ९१०को कसूरमा दफा १७७ ९२० तथा सोही संहिताको दफा ४१ बमोजिम जन्मकैद र ज्यान मार्ने उद्योगतर्फ सोही संहिताको दफा १८३ ९१०को कसूरमा सोही दफा १८३ ९२० दुई वर्ष कैद र रु २० हजार जरिवाना भएको जनाइएको छ ।

घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउँदा आमा पार्वतीको हत्या गरी त्यसपछि करीब ४०० मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घाइते बनाएका थिए ।

घटना विवरणअनुसार पासो खोल्न जाँदा आफैँमाथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीलाई कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घटनास्थलमै ज्यान गएको थियो ।

आमाको ज्यान गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी हजुरआमा जुवारालाई पनि कोदालो प्रहार गर्न खोजेपछि दौडँदै तल्लो तलामा पुगेको बेला त्यही कोदालोले हिर्काएर घाइते बनाएका थिए । जुवाराको उपचारको क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको थियो ।

छिमेकीलाई आतङ्कित पारेको भन्ने सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीलाई समेत बालारामलाई नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

वि.सं.२०७६ असार २४ मंगलवार ०९:५१ मा प्रकाशित

Himalayan Life AD
तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व सङ्कलन

जुम्ला । यहाँको तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार...

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

दुर्गम गाउँ गोप्कामा आभारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन

सिमकोट, (हुम्ला) । खार्पुनाथ गाउँपालिका–१ दुर्गम बस्ती गोप्का गाउँका नागरिकलाई...

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

मान्म (कालीकोट) । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा...

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै...

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

हुम्लामा निःशुल्क आँखा शिविरः अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट (हुम्ला) । हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा...